काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा निरासा छाएको बताएका छन् । सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले सो अभिव्यक्ति दिएका हुन्।
उनले युवाहरूले देशमा केही हुँदैछ, देशमै राम्रो भविष्य छ भनेर विश्वास गर्न नसकिरहेको भन्दै सो प्रति चिन्ता समेत ब्यक्त गरे।
प्रधानमन्त्री सचेत भए मात्रै जनतामा देखिएको निराशा कम गर्न सकिने भन्दै, थापाले भने,‘मैले प्रधानमन्त्रीलाई पटक पटक भन्ने गरेको छु । नागरिकलाई नतर्साउनुस् । तर, प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने अवस्था आएको छ । कम्तीमा दिनमा आधा घण्टा समय निकाल्नुस्। भेटघाट बन्द गर्नुस् र एकपटक सोच्नुस् । आफूसँग भएको एकएक सेकेन्डको कसरी प्रयोग गर्ने भनेर डराउनुस् ।’
प्रधानमन्त्रीले अनावश्यक भेटघाटलाई बन्द गर्नुपर्ने र आफूसँग भएको हरेक समयको प्रयोग गर्नुपर्ने बेला आएको उनको भनाइ छ
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar