काठमाडौं – ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले समाचार हटाउनका लागि शुभयुग डटकमलाई दवावसहितको ईमेल पठाएको छ ।
मंगलवार साँझ शुभयुग डटकममा प्रकाशित् समाचारलाई लिएर ईन्टरनेट कम्पनीका बिक्री प्राविधिक जुवेत खड्कीले ईमेल मार्फत् उक्त दवाब पत्र पठाएका हुन् । बुधबार साँझ प्राप्त ईमेलमा समाचारमा उल्लेख गरिएको क्लासिकटेकसंग सम्बन्धित् समाचार गलत तवरले लेखियको भन्दै उक्त समाचार हटाउन दवाव गरेको पत्र पठाएको हो ।
हिजो मंगलवार साँझ पत्रकार कृष्ण आचार्यले क्लासिकटेकले ईन्टरनेटमा ठगी गरेको भन्दै शुभयुगलाई समाचार प्रकाशन गरिदिन आग्रह गरेका थिए । सोहि समाचारलाई लिएर क्लासिकटेकले शुभयुगलाई समाचार हटाउन दवावसहितको पत्र पठाएको हो । त्यस्तै पत्रमा पत्रकार आचार्यले ईन्टरनेट प्रयोग गर्दा केवल तार प्रयोग नगरेकाले स्लो भएको बताएको छ । पत्रकार आचार्य स्वयंले राउटरभन्दा टाढा बसेर ईन्टरनेट प्रयोग गरेको, गुगल क्रोमको सट्टा मोजेला फायरफक्स प्रयोग गरेकाले त्यस्तो भएको र हाल उक्त समस्या समाधान भैसकेको पत्रमा उल्लेख छ ।
त्यस्तै पत्रमा पत्रकार आचार्यको उक्त समस्या आफुहरुले समाधान गरिसकेकाले उक्त समाचारको कुनै अर्थ नहुने भन्दै शुभयुगमा प्रकाशित् उक्त समाचार अनलाईनबाट हटाईदिन भनिएको छ । त्यस्तै प्रकाशित् उक्त समाचार फेसबुक लगायत शेयर गरियको सवै माध्यमहरुबाट हटाउन पनि आग्रह पनि गरेको छ ।
आमसंचार नितीमा आमसंचारमाध्यममा प्रकाशित् कुनैपनि समाचार चित्त नबुझे सोहि संचारमाध्यममा खण्डन पठाउनुपर्ने र त्यसमा पनि चित्त नबुझे नियामक सरकारी निकाय प्रेसकाउन्सिल जानुपर्ने स्पष्ट प्रावधान छ । तर क्लासिकटेकले भने उक्त ऐन बिपरित् दवाव पत्र पठाएको हो ।
उता क्लासिकटेक ईन्टरनेट जडान गरेका पत्रकार कृष्ण आचार्यले आफु क्लासिकटेकबाट नराम्ररी ठगिएको बताएका थिए । ईन्टरनेट जडान गरेको केहि दिन सम्म ठिकठिकै चलेको ईन्टरनेटको स्पीड् रकम बुझाएपछी भने ह्वात्तै घटेको उनले बताए । ईन्टरनेटको स्पीड् घटेको भन्दै कम्पनीमा पटक पटक टेलिफोन मार्फत् गुनाशो गरेपनी ईन्टरनेटको स्पीडमा कुनै परिवर्तन नआएको आचार्यको भनाई थियो ।
यद्धपी क्लासिकटेकले आफ्नो समस्या समाधान गरेको दावी गरेपनी समस्या भने अझै समाधान नभएको उनले बताए ।
सम्बन्धीत् समाचार हेर्नुहोस् ।
हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar