कालिकोट – रास्कोट नगरपालिका – ३ स्थित कोलीगाउँमा लाखौँ रकममा निर्माण गरिएको अत्याधुनिक प्रविधियुक्त नर्सरी निर्माणमा अनियमितता भएको भेटिएको छ ।
कर्णाली प्रदेश सरकारको साढे ६६ लाखको अनुदान लागतमा रास्कोटमा निर्माण भएको नर्सरीमा पर्याप्त पूर्वाधार नै नपुगेको ठाउँमा अध्ययन नै नगरी साढे ६६ लाखको अत्याधुनिक प्रविधियुक्त नर्सरी निर्माण गरेर भुक्तानी दिई अनियमितता गर्ने १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कर्णाली प्रदेश सरकारको अनुदानको पेस्की रकममा सम्झौता अनुसार काम नगरी हिनामिना गरेको आरोपमा अख्तियारले कृषि ज्ञान केन्द्र ९हाल कृषि विकास कार्यालय० कालिकोटका तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेत, खाडाचक्र नगरपालिकाका तत्कालीन इन्जिनियर सुमित भट्ट र एक अर्का सवइन्जिनियर लगायतलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो ।
उनीहरूले सम्भाव्यता अध्ययन नगरी आयोजनाका लागि आवश्यक विद्युत् आपूर्तिसमेत नभएको स्थानमा हाइटेक नर्सरी सञ्चालन गर्न उपयुक्त देखिएको सिफारिस गरेको भेटिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । सिफारिस गरे पनि त्यसका लागि आवश्यक पुष्ट्याइँका आधार संलग्न नगरी बदनियतपूर्वक हचुवाका भरमा लागत अनुमान तयार गरेको र हाइटेक नर्सरीका लागि खरिद गरिएका यन्त्र उपकरणहरूको मूल्यसमेत अत्यधिक रूपमा बढाइएको अख्तियारको ठहर छ ।
‘कर्णाली प्रदेश सरकारको अनुदान ग्रहण गरी नर्सरी सञ्चालनमै नआएको अवस्थामा सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेडबाट जडान भएका माल सामानको अवलोकन तथा परीक्षण नै नगरी कार्य सम्पन्न प्रतिवेदन तयार गरी सोही प्रतिवेदनसमेतका आधारमा ६६ लाख ५० हजार भुक्तानी गरेको भेटियो,’ अख्तियारले विशेष अदालतमा दर्ता गरेको आरोपपत्रमा उल्लेख छ ।
त्यसमा संलग्न बस्नेत, भट्ट र संज्याललाई ६६ लाख ५० हजार बिगो कायम गरिएको छ । सहकारीमा जडान भएका मालसामान परीक्षण नगरी एवं नर्सरी सञ्चालनमै नआएको अवस्थामा उक्त नर्सरीको कार्य सम्पन्न प्रतिवेदन तयार गरी अर्को कसुर गरेको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को १९ ९२० बमोजिम सजायको अर्को मागदाबी पनि अख्तियारले गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar