काठमाडौं – मन्त्रिपरिषद्लाई पूर्णता दिन आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्ने बताइएको छ ।आज बसेको बैठकले एउटा ठोस छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।
सरकारमा सहभागी हुने विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार छलफल गरेका थिए । प्रधानमन्त्री दाहाल र देउवाबीच सरकारमा सहभागी हुने विषयमा कसरी भागबण्डा गरेर जाने भन्ने विषयमा कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar