काठमाडौं – बागमती प्रदेशसभाको बैठक आगामी चैत १० गते बस्ने गरी सारिएको छ ।
आज बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा नेपाली कांग्रेसका सांसदहरु अनुपस्थित हुने भएपछि १० गते बस्ने गरी सारिएको हो ।
काँग्रेस र एकिकृत समाजवादीका साम्सदहरुले आजको बैठकमा उपस्थित् हुन नसक्ने जानकारी गरायपछी आजै मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सभामुख भुवन पाठकबिच भएको छलफलपछि प्रदेशसभा बैठक सार्ने निर्णय भएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले जानकारी दिए ।
आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने गरी प्रदेशसभा बैठक बोलाएका थिए । तर आफूहरुसँग सल्लाह नगरी विश्वासको मतसम्बन्धी प्रस्तावबारे मुख्यमन्त्री अगाडि बढेको भन्दै कांग्रेसले आफ्ना सांसद बैठकमा उपस्थित हुन नसक्ने जनाएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar