काठमाडौं – बागमती प्रदेशमा नेकपा एमालेले सहजै सरकारबाट नबाहिरिने भएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको राजनीतिक समीकरणका आधारमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले सरकार हेरफेरको तयारी गरिरहँदा सत्तामै रहेको एमालेले सहजै सरकारबाट नबाहिरिने बताउँदै आएको छ । यद्धपी राजिनामाका लागी उसले शर्त अघि सारेको छ ।
बागमती प्रदेशसभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आफूहरु प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेशसभा बैठकमा आफ्ना धारणा राखेरमात्र राजीनामा दिने प्रस्ट पारे । ‘हामी सरकारमै बसिरहने भन्ने होइन,‘हामी राजीनामा दिन तयार छौं तर प्रदेशसभा बैठकमा आफ्नो कुरा राखेर मात्र राजीनामा दिन्छौं ।’ थपलियाले भने ।
एमालेले भने प्रदेशसभा बैठकमा आफ्नो कुरा राख्न पाउनुपर्ने, त्यसपछि मात्र सरकारबाट आफू बाहिरिने शर्त राखेको हो । ‘प्रदेशसभा बैठक जहिले बोलाउँछन्, त्यही बेला हामी आफ्ना कुरा राखेर राजीनामा दिन्छौं’ थपलियाले भने । प्रदेशसभा बैठक आजै बसेमा आजै राजीनामा दिन तयार छौं ।’
उता नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सरकारबाट एमाले हटेपछिमात्र विश्वासको मत लगायतका प्रक्रिया अघि बढाउन दबाब दिँदै आएको छ ।
मुख्यमन्त्री जमकट्टेलले आज विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूचीसहित प्रदेशसभा बैठक आह्वान गरेका छन् । तर उक्त बैठकमा नेपाली कांग्रेसका सांसदहरु भने अनुपस्थित हुने भएका छन् । आफूहरुसँग सल्लाह नै नगरी मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेको भन्दै कांग्रेसले प्रदेशसभा बैठकमा अनुपस्थित हुने जानकारी जमकट्टेललाई गराइसकेको संसदिय दलका नेता बहादुरसिंह लामाले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar