काठमाडौं – बागमती प्रदेशको आजको प्रदेशसभा बैठकमा नेपाली कांग्रेस अनुपस्थित हुने भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न आज बोलाइएको प्रदेशसभा बैठकमा नेपाली कांग्रेस अनुपस्थित हुने भएको हो । बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आफूहरु आज कुनै पनि हालतमा बैठकमा उपस्थित हुनै नसक्ने प्रस्ट पारे । उनका अनुसार अहिले कांग्रेसका अधिकांश प्रदेशसभा सदस्यहरु काठमाडौंमै छन् ।
आज दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा बैठकमा कांग्रेसका सांसदहरु हेटौंडातर्फ प्रस्थान गर्ने सम्भावना पनि नभएकाले आफुहरु उपस्थित् हुन असम्भव रहेको लामाले बताए । ‘मुख्यमन्त्रीले हामीसँग सल्लाह नै नगरी विश्वासको मतसम्बन्धी निर्णय लिनुभयो, हाम्रा सांसद काठमाडौंमै छन् । आजको बैठकमा उपस्थित हुने कुनै सम्भावना छैन ।’ उनले भने ।
आफूहरुले मुख्यमन्त्रीलाई चैत १० गते विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न सुझाव दिएको पनि उनले बताए । तर मुख्यमन्त्रीबाट कुनै जवाफ नआएको उनको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar