काठमाडौं – बागमती प्रदेसका मुख्यमन्त्री शालिकराम जमकट्टेलले नेपाली काँग्रेस र नेकपा एकीकृत समाजादी लगायतका दलहरुसंग छलफल नै नगरी विश्वासको मत लिन खोजेको भन्दै नेताहरुले आपत्ती जनाएका छन् ।
पुरानो गठबन्धन व्युतिएर सरकारबाट राप्रपा बाहिरियपछी मुख्यमन्त्री जमकट्टेलले बिश्वासको मत लिन पर्ने भएको हो । त्यसका लागी जमकट्टेलले भोली बुधबार विश्वासको मत लिने तयारी गरेका छन् । जमकट्टेलले बिश्वासको मत लिन लाग्दा केन्द्रमा व्यतिएको पुरानो गठबन्धनका प्रदेशका नेताहरुसंग छलफल नै नगरी यकलौटी रुपमा बिश्वासको मत लिन खोजेको भन्दै गठबन्धनमा सहभागी दल काँग्रेस र एकीकृत समाजबादीसहितका अन्य दलहरुले आपत्ती जनाएका हुन् । उनिहरुले मुख्यमन्त्री जमकट्टेलले आफ्नो दल र आफुहरुसंग छलफल नै नगरेको आरोप लगायका छन् ।
शुभयुग मिडियासंग कुरा गर्दै नेपाली काँग्रेस बागमती प्रदेस संसदिय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्री जमकट्टेलले आफुहरुसंग छलफल नै नगरी बिश्वासको मत लिन एकलौटी ढंगले निर्णय गरेको आरोप लगाए । “मुख्यमन्त्री ज्यू ले हामीलाई वास्ता नै नगरी एकलौटी निर्णय गर्नुभएको छ । यस्तो पाराले उहाँले कसरी बिश्वासको मत लिनुहुन्छ ? , कमसे कम् हामीसंग छलफल त गर्नुपर्दथ्यो होला नी” उनले भने । “यद्धपी त्यसबारे के गर्ने भन्नेबारे हामी आन्तरिक छलफल छौं, पार्टीको केन्द्रीय तहमा पनि छलफल गर्दैछौं ।” लामाले भने । लामाका उनुसार मुख्यमन्त्रीले एमालेबाट मन्त्री बनेकाहरुलाई अझै सत्तामै राखिरहेका छन् । उनिहरुलाई पहिले बर्खास्त गरी आफुहरुसंग छलफल गरेर मात्र बिश्वासको मत माग्नुपर्ने लामाले बताए । सोहि अवस्थमा सहजै भोट दिन्छौं भन्न नसकिने पनि उनले बताए ।
उता नेकपा एकीकृत समाजवादीले पनि जमकट्टेलको भुमिका शंकास्पद भएको भन्दै आपत्ती जनाएको छ । एकीकृत समाजवादीका नेता कृष्ण खनालका अनुसार अहिले पार्टीको केन्द्रिय सचिवालय बैठक बसिरहेकाले केन्द्रको सर्कुलर आयपछी मात्र यो विषयमा छलफल हुने बताए । “मुख्यमन्त्री ज्यू ले भने आफुहरुसंग पनि कुनै छलफल गर्नुभएको छैन । आज विहान मात्र उहाँले टेलिफोनमा यो विषयमा कुरा गर्नुभो, म यक्लैले निर्णय दिने कुरापनि भएन, के गर्ने भन्नेबारे मैले डिसिजन दिएको छैन । एमालेबाट मन्त्री भएकाहरुलाई यथासिग्र बर्खास्त गरेर मात्र छलफल गरौँला भन्ने जवाफ फर्कायको छु ।” खनालले भने । कुराकानीको क्रममा मुख्यमन्त्री जमकट्टेलले एमालेका मन्त्रीहरुलाई आज साँझसम्ममा राजीनामा नगरे भोली विहान बर्खास्त गर्ने जानकारी गराएको पनि खनालले बताए ।
मुख्यमन्त्री जम्मकट्टेलले भोली चैत ८ मा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मतका लागि प्रदेशसभा सचिवालयले भोली दिउँसो तीन बजेका लागि बैठक बोलाएको छ ।
केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । अहिले सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन् ।
प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, राप्रपा १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेककिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar