काठमाडौं – पुर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको स्वामित्वमा रहेको ग्यालेक्सी फोर के टेलिभिजनले पत्रकारहरुलाई महिनौंदेखिको तलव नै नदिएको खुलाशा भएको छ ।
महिनौंदेखि तलब नपाएपछि ग्यालेक्सी फोर के टेलिभिजनमा कार्यरत पत्रकारहरुको बिजोग भएको छ । ७७ जिल्लाका रिपोर्टरले चार महिनादेखि तलब नपाएको गुनाशो गरेका छन् । त्यस्तै केन्द्रीय स्टुडियोमा काम गर्नेहरु पनि तीन महिनादेखि तलबविहिन भएका छन् । टेलिभिजनले तलब नदिँदा त्यहाँ कार्यरत पत्रकारहरु भोकभोकै पर्न थालेको गुनाशो गरेका छन् ।
तलब नपाएपछि पत्रकारहरुले आन्दोलनको तयारी थालेपछी टेलिभिजनका अध्यक्ष र सञ्चालक बेपत्ता भएका छन्। टिभीका साहु जिबी राई र प्रमुख कार्यकारी अधिकृत टीकाराम राई एक सातादेखि कार्यालय नआएको श्रमजीवी – पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदैव जैसीले बताए ।
हिजो झण्डै तीन घण्टासम्म ग्यालेक्सीको कार्यालयमा धर्ना बस्दा पनि कोही नभेटिएको उनको भनाइ छ । यता, कैयौं पटक सम्पर्क गर्दा पनि दुवै जनाले फोन नउठाएको उनले जानकारी दिए । अहिले पत्रकारहरुले आन्दोलनको तयारीस्वरुप हस्ताक्षर संकलन अभियान शुरु गरेका छन् । त्यसपछि क्रमशः कालोपट्टी,धर्ना, घेराउलगायत आन्दोलनका कार्यक्रम अघि बढाइने तय भएको छ ।
संघका अध्यक्ष जन्मदैव जैसीले पत्रकारहरुको तलब तुरुन्त भुक्तानी गर्न माग गरेका छन् । अन्यथा, संघको नेतृत्वमा तालाबन्दी गर्ने चेतावनीसमेत दिएका छन् । । यता,उनको स्टाटसमा कमेण्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ग्यालेक्सीको असली साहुलाई समात्नुपर्ने बताएका छन् ।
संघले गत फागुन २४ गते टिभीमा कार्यरत श्रमजीवी पत्रकारलाई अविलम्ब तलब दिनुपर्ने माग राख्दै अध्यक्ष जीवी राईलाई पत्र बुझाएको थियो भने अहिलेसम्म उनीहरुले तलब पाउन सकेका छैनन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar