धादिङ – नेपाली कांग्रेस र नेकपा एमाले निकट विद्यार्थी संगठनको गठबन्धनलाई पराजित गर्दै धादिङका २ क्याम्पसमा नेकपा माओवादी निकट विद्यार्थी संगठन विजयी भएको छ ।
बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ५ स्थित चन्द्रोदय बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनविरुद्ध अनेरास्ववियु (क्रान्तिकारी)को प्यानल नै विजयी भएको छ ।आइतबार सम्पन्न निर्वाचनमा क्रान्तिकारीका संजित सुवेदी नेृत्वत्वको प्यानल विजयी भएको हो । यहाँ क्रान्तिकारीविरुद्ध नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले गठबन्धन गरेका थिए ।
सभापतिमा निर्वाचित सुवेदीले ९१ मत प्राप्त गर्दा नेविसंघबाट सभापतिकी प्रत्यासी संगिता श्रेष्ठले ७९ मत प्राप्त गरिन् । सचिवमा क्रान्तिकारीकी सेना श्रेष्ठले ८६ मत प्राप्त गर्दै निर्वाचित हुँदा अनेरास्ववियुका अभिषेक श्रेष्ठले ८३ मत प्राप्त गरे । त्यस्तै कोषाध्यक्षमा रमा दनै, सदस्यहरूमा सन्जोक विक, पृथ्वी कटुवाल र कृष्ण चेपाङ निर्वाचित भएका छन् ।
यता मलेखुको जय बागेश्वरी बहुमुखी क्याम्पसमा पनि नेविसंघ र अनेरास्ववियुको गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारीका नवराज त्रिपाठी विजयी भएका छन् । गठबन्धनबाट सभापतिका प्रत्यासी विषम अधिकारीले ३७ मत प्राप्त गर्दा विजयी त्रिपाठीले ६२ मत पाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar