काठमाडौं – उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपति निर्वाचित भएका हुन् । शुक्रबार भएको चुनावमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमतकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । उनले संघीय सांसदको १८४ मतकाे १४ हजार ५ सय ३६ मतभार र प्रदेश सांसदको ३२९ मतकाे १५ हजार ७ सय ९२ मतभार पाए । उनले कुल ३० हजार ३ सय २८ मतभार पाएका छन् ।
शाक्यले प्रदेशसभाका १६९ मत पाइन् भने उनलाई संघीय संसदका १०४ जना सांसदले मत दिएका थिए । यस्तै ममता झाले प्रदेशका १५ र संघीय संसदका २३ सांसदकाे मत पाइन् । उम्मेदवारी निष्क्रिय भएकाे घाेषणाा गरेकी प्रमिला यादवले १ जना प्रदेश सांसदकाे मत पाइन् । उनलाई संघीय सांसदले भने मत दिएनन् ।
निर्वाचित यादवलाई सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र स्वतन्त्र सांसदको समर्थन थियो । सत्ता गठबन्धनमै रहेका जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीले भने जनमतकी झालाई समर्थन गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar