काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
शुक्रबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेका हुन्। ‘खेलाडीको सम्मान र हौसालाको लागि बागमती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने भएका छौं’, उनले भने।
बागमती प्रदेशका खेलाडीहरु समेत सम्मिलित उक्त टिमलाई जितको लागि बधाई दिँदै मुख्यमन्त्री जम्कट्टेलले थप प्रगति र सफलताको लागि शुभकामना पनि दिएका छन्।
नेपालले बिहीबार घरेलु मैदान कीर्तिपुरमा यूएईलाई ९ रनले पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar