काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ ।
उपराष्ट्रपति चयनका लागि संसद भवन, बावेश्वरमा मतदान भइरहेका बेला रास्वपाले जनमत पार्टीकी उम्मेदवार झालाई मत दिने निर्णय गरेको हो । उता निर्वाचन प्रक्रिया चलिरहेका बेला रास्वपा सांसदहरु छलफलमा जुटेका थिए । एक सांसदका अनुसार छलफलमा झालाई मत दिने समझदारी भएको छ ।
‘सत्ता गठबन्धनको एउटा पक्ष र एमालेले उठाएको उम्मेदवारमा स्वार्थ देखिन्छ । हामी र जनमत पार्टी नयाँ दल भएको र महिला उम्मेदवार पनि भएकाले झालाई मत दिने निष्कर्षमा पुगेका हौं’, ती सांसदले भने ।
उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी ९जसपा०का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar