• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २२, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

१४ घण्टा अघि
२

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु

१७ घण्टा अघि
३

एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचारसमेत पालना नगरेको विमलेन्द्र निधीको आरोप

१७ घण्टा अघि
४

एलन मस्कले खोले नयाँ राजनितिक दल

१७ घण्टा अघि
५

जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी

२ दिन अघि
६

चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने

२ दिन अघि
७

प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न

२ दिन अघि
८

राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित

२ दिन अघि
९

यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

३ दिन अघि
१०

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

३ दिन अघि
११

भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

३ दिन अघि
१२

चित्रा अब प्राइम भिडिओमा

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ४ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ महिना अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ७

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • rajendra ८

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    ५ दिन अघि
  • skt mak ९

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 १०

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ४ हफ्ता अघि
  • prev
    next

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    विवेक अर्यालप्रकाशित मिति: २०७९ चैत्र ३, शुक्रबार (२ साल अघि)
  • १८८४ पाठक संख्या
  • kiran bajracharya photo subhayug

    काठमाडौं – आगामी साता नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले अवकाश पाउँदैछन् । त्यस्तै प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका पाँच जनामध्ये एक जना प्रहरी महानिरीक्षक (आईजी) मा नियुक्त हुँदैछन् ।

    गृह मन्त्रालयले गत शुक्रवार डीआईजीहरू वसन्तबहादुर कुँवर, किरण बज्राचार्य, टेकप्रसाद राई, दीपक थापा र श्याम ज्ञवालीलाई एआईजी बढुवाका लागि सिफारिस गरिसकेको छ । जसमध्ये किरण बज्राचार्यले महिला आईजीका रूपमा इतिहास बनाउन सक्ने धेरको अनुमान छ ।प्रहरी नियमावली २०७१ मा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई एआईजीबाट आईजी बनाउन सक्ने प्रावधान छ । यही प्रावधानमा टेकेर बज्राचार्यलाई आईजी बनाइनुपर्ने माग धेरैतिरबाट उठेको छ । यसअघि डीआईजी पार्वती थापा पहिलो एआईजी बन्ने सम्भावनालाई तुहाइएको थियो । उनीभन्दा कनिष्ठ उपेन्द्रकान्त अर्याललाई बढुवा गरेपछि थापा अदालत गएकी थिइन् । यद्धपी थापाले त्यतिवेला न्याय पाइनन् । त्यसपछि उनले अवकाश लिएकी थिइन् ।

    यतिबेला नेपाल प्रहरीमा किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राणासहित चारजना डीआईजी छन् । त्यसमध्ये बज्राचार्य मात्र एआईजी बढुवा सिफारिसमा परेकी हुन् । यसअघि पूजा सिंह पनि एआईजी भएर पनि आईजी बन्न पाएकी थिइनन् । नेपाल प्रहरीमा कुल ७५ हजार जनशक्तिमध्ये नौ हजारको हाराहारीमा मात्र महिला प्रहरी छन् । यसरी नेपाल प्रहरीमा मुस्किलले ११ प्रतिशत महिला प्रतिनिधित्व छ । अझ उच्चतहमा त निकै कम संख्या छ । वरिष्ठता र बढुवामा प्राप्त अङ्क हेर्दा एआईजीमा सिफारिस भएका डीआईजीहरूबीच एक नम्बरको मात्र तलमाथि छ । त्यो भनेको बराबरी जस्तै हो । सबैभन्दा बढी वसन्त कुँवरको ६९ दशमलव ७३ छ भने बज्राचार्यको ६८ दशमलव ४८ छ । अन्य तीन जनाको पनि यही वरपर नै छ ।

    महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुख रहँदा बज्राचार्यलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१६ को मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषित गरेको थियो । अमेरिकी विदेश मन्त्रालयमा आयोजित् कार्यक्रममा उनीलाई मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको थियो । कार्यक्रममा अमेरिकी सरकारका तर्फबाटे विदेशमन्त्री जोन क्यारी मार्फत् अर्को छुट्टै अमेरिकी अवार्डसमेत प्रदान गरिएको थियो । अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष मानव बेचबिखनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने क्रममा मानव बेचबिखनविरुद्ध अभियान चलाएकोमा बज्राचार्यलाई सो सम्मान प्रदान गरेको बताएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा रहँदा बज्राचार्यले करिब दुई वर्ष सङ्गठित मानव तस्कर समूहलाई पक्राउ गर्न सफल भएको र भक्तपुर प्रहरी परिसरमा रहँदा पनि मानव बेचबिखनविरुद्ध जनचेतनामूलक अभियान चलाएकी थिईन् ।

    यसअघि २०११ मा शक्ति समूहकी चरिमाया तामाङ, २०१४ मा न्यायाधीश टेकनारायण कुँवर र २००८ मा भीम लामा, गणेश श्रेष्ठ र कमार गिरीले यो अवार्ड पाइसक्नुभएको छ । अमेरिकाले बज्राचार्यसहित विश्वभरबाट आठ जनालाई यस्तो सम्मान प्रदान गरेको छ ।

    त्यस्तै उनी प्रहरी उपरिक्षक जिम्मेवारीमा केन्द्रिय अनुसन्धान व्युरो सिआईवी मा रहँदा यार्सागुम्वा व्यापारी तथा बेंकिड्ढ लुटपाट गर्ने गिरोहलाई पक्राउ तथा निज समुहबाट एम् १६ हतियार र साना हतियार बरामद गर्न सफल भएकी थिईन् । त्यस्तै शैक्षिक संस्थान कन्सल्टेन्सीहरुले विदेशमा उच्च शिक्षा र सेमिनारको नाममा बेचविखन तथा ओसारपसार गरेको नविनतम् आवरण पर्दाफास गरी अपराधीहरुलाई कानुनी दायरामा ल्याएकी थिईन् ।

    यी लगायत म्यारिज व्यूरोहरुमार्फत् नेपाली चेलीहरुलाई चिन र साउथ कोरियामा वेचबिखन गरेको तथ्य पत्ता लगाई सो कार्यमा सम्लग्न कम्पनी तथा अपराधीहरुलाई कारवाहीको दायरामा सफल अनुसन्धान गरेको प्रहररी संगठनकै उच्च अधिकारीहरुले बताँउछन् । सोहि अनुसन्धानको क्रममा बज्राचार्यले घरेलु कामदारको रुपमा बैदेशिक रोजगारी मार्फत् ब्रुनाई, कतार, केन्या, तान्जेनिया लगायतका देसहरुमा संचालित् डान्सबारहरुमा नेपाली चेलिबेटीहरु बेचबिखन तथा ओसारपसार भैरहेको पत्ता लगाई त्यस्ता मेनपावर तथा सम्लग्न व्यक्तिहरुमाथी कानुनी कारबाही गर्न सफल भएकी थिईन् । उता छिमेकी मुलुक भारतको दिल्लीमा बेचिएका नेपाली चेलीहरुको उद्धारमा पनि उल्लेखिय भुमिका खेलेकी थिईन् ।

    वि.सं. २०५२ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा भर्ना भएकी बज्राचार्यले भक्तपुर पछी ललितपुर जिल्लाको सुरक्षा कमान्ड, इन्टरपोल विभाग, वाग्मती प्रदेश प्रहरी प्रमुख जस्ता महत्वपूर्ण भूमिका निर्वाह गरिसकेकी छिन । प्रहरी संगठनको हरेक जिम्मेवारीमा रहँदा कुशल र शाहसिक भुमिका निर्वाह गरेकी बज्राचार्यलाई प्रहरी संगठनको प्रमुख आईजी बनाउँदा सिंगो प्रहरी संगठनकै न्याय हुने प्रहरी संगठनकै उच्च अधिकारीहरु बताँउदछन् । ‘पुरुषसँग तीब्र प्रतिस्पर्धा गरेर, कुममा कुम जोडेर प्रतिस्पर्धामा आएकी उच्च महिला अधिकारी किरण बज्राचार्यलाई यसपटक प्रहरी संगठनको प्रमुख बनाउँदा न्याय नै हुन्छ ।’ ति अधिकारीले भने ।

    उनका अनुसार सरकारले पनि, यसपटक प्रहरी संगठनमा महिलालाई आईजी बनाएर समावेशी चरित्र सिद्ध गर्ने यो एक अवसर प्राप्त गरेको छ । त्यसैले समावेशी आन्दोलनको मुख्य शक्ति ठान्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयं प्रधानमन्त्री एवम् गृहमन्त्री भएको बेला प्रहरी संगठनमा पनि त्यसको प्रतिविम्ब देखाउनुपर्ने उनी बताउँछन् ।

    प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत उनी अपराध अनुसन्धानमा पोख्त र अन्तराष्ट्रिय पुरस्कार प्राप्त महिला प्रहरी अधिकारी हुन् । यो संगै उनलाई पहिलो महिला प्रहरी महानिरीक्षक नियुक्त गर्न सक्ने बाटो खुलेको छ ।

    एआईजी पदमा बढुवा सिफारिसमा भने किरणसँगै डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा र श्यामलाल ज्ञवाली रहेका छन् ।

  • Kiran Bajracharya
  • subhayug
  • एआईजी
  • किरण बज्राचार्य
  • गृह मन्त्रालय
  • टेकप्रसाद राई
  • डीआईजी
  • दीपक थापा
  • धीरजप्रताप सिंह
  • नेपाल प्रहरी
  • प्रहरी अतिरिक्त महानिरीक्षक
  • प्रहरी नायब महानिरीक्षक
  • प्रहरी महानिरीक्षक
  • वसन्तबहादुर कुँवर
  • श्याम ज्ञवाली
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

  • एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु

  • एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचारसमेत पालना नगरेको विमलेन्द्र निधीको आरोप

  • एलन मस्कले खोले नयाँ राजनितिक दल


  • समाचार
  • १

    नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै
    १४ घण्टा अघि

  • २

    एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु
    १७ घण्टा अघि

  • ३

    एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचारसमेत पालना नगरेको विमलेन्द्र निधीको आरोप
    १७ घण्टा अघि

  • ४

    एलन मस्कले खोले नयाँ राजनितिक दल
    १७ घण्टा अघि

  • ५

    जसपा मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी
    २ दिन अघि

  • ६

    चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
    २ दिन अघि

  • ७

    प्रधानमन्त्री ओलीको स्पेन यात्रा सम्पन्न
    २ दिन अघि

  • ८

    राष्ट्रियसभाबाट बजेटसम्बन्धी दुई विधेयक बहुमतले पारित
    २ दिन अघि

  • ९

    यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
    ३ दिन अघि

  • १०

    ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    २

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ३

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ४

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution