काठमाडौं – सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तिय संस्था लिमिटेडका बिचमा मर्जर सम्पन्न भएको छ ।
सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने गरी मर्जर भएको हो । आपसमा मर्जरमा जाने अन्तिम सहमति गरिसकेका दुई लघुवित्त संस्थालाई कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै अब फागुन ३० गतेबाट एकीकृत कारोबार गर्ने निर्णय गरेका हुन् ।
यी दुई कम्पनी एक आपसमा गाभिएर फागुन ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । एकीकृत कारोबारका लागि सम्पूर्ण व्यवस्था मिलाउन फागुन २८ र २९ गते २ दिन दुवै संस्थाका सम्पूर्ण कार्यालयहरु बन्द रहने छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar