काठमाडौं – नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईँलाई पार्टीबाट निस्कासित गरेको छ ।
आज शनिबार बसेको एमालेको सचिवालय बैठकले प्रसाईँलाई पार्टीबाट निस्कासित गरेको हो । प्रसाँईले केहि दिन अघीदेखी निरन्तर रुपमा नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथी विषबमन गर्दै आएका थिए । त्यस्तै उनले ओलीको गृह जिल्ला झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथी बनाएर एक कार्यक्रमको आयोजना गरेका थिए । त्यसपछी प्रसाँईले बिभिन्न जिल्लामा निरन्तर कार्यक्रम गरी राजा ल्याउने भन्दै आएका छन् । त्यस्तै उक्त कार्यक्रममा र संचारकर्मिहरुसंग कुरा गर्दै पार्टी र पार्टीका अध्यक्ष ओलीमाथी विभिन्न आरोपसमेत लगाँउदै आएका छन् ।
उता पार्टी र पार्टीका अध्यक्षमाथी हद नाघेरै पार्टीको हितबीपरित् अभिव्यक्ति दिँदै आएका प्रसाँईमाथी एमालेले कुनै कार्वाही गरेको थिएन । यद्धपी हिजो शुक्रवार संचारकर्मीहरुसंगको कुराकानीमा भने प्रसाँईले आफुले एमाले परित्याग गरेको बताएका थिए । प्रसाँईले एमाले छाडेको स्वघोषणा गरीसकेपछी भने आज एमालेले उनलाई केन्द्रिय कमिटी सदस्यबाट निष्काशन गरेको जनाएको छ ।
आज शनिबार बसेको एमालेको सोह्रौ सचिवालय बैठकले पार्टीको नीतिविरुद्धका गतिविधिमा संलग्न भएको भन्दै केन्द्रिय सदस्यबाट हटाउने निर्णय गरेको पार्टीका एक नेताले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar