काठमाडौं – नेकपा एमालेले निर्वाचन सकिएको ३ महिनापछि बागी उम्मेदवारलाई कार्वाही गरेको छ ।
एमाले बागमती प्रदेश संगठन कमिटीले पूर्व सांसद रामवीर मानन्धर र धादिङका पूर्व अध्यक्ष नेत्रराज पौडेलसहित सात नेताहरुलाई कार्वाही गरेको हो । माघ २९ र फागुन १ गते ललितपुरको च्यासलमा बसेको प्रदेश संगठन कमिटीको पूर्ण बैठकले धादिङका पौडेलसहित सात जनालाई पार्टीबाट निष्काशन गरेको जनाएको छ ।
मंगलबार एमाले बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष केशवराज पाण्डेले प्रदेश परिपत्र २८ जारी गर्दै कारबाहीको जानकारी दिए । पौडेल स्थानीय कमिटीको सिफारिस विपरित पार्टी नेतृत्वले टिकट बितरण गरेपछि धादिङ १ क बाट स्वतन्त्र रूपमा प्रदेशसभामा चुनाव लडेका थिए । त्यस्तै मानन्धरमाथी खुला रूपमा अन्य पार्टीका नेताको प्रचार गरेको आरोप छ ।
त्यस्तै पार्टीबाट कारबाहीमा परेकाहरुमा रामकृष्ण लामा, सुमनकुमार लामा, मंग तामाङ, चोकबहादु दाहाल र उद्धव लुइटेल रहेका छन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar