काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन धादिङमा हुने भएको छ ।
प्रतिष्ठानको महाधिवेशन आगामी फागुन १२ देखि १४ सम्म धादिङको धादिङवेशीमा हुने भएको हो । मंगलबार आयोजित पत्रकार सम्मलेनमा महाधिवेशनको सबै तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए । ‘खर्च कम गर्नका लागि हामीले महाधिवशेन ३ दिनका लागि मात्र राखेका हौं । पहिलो दिन उद्घाटन सत्र सकेर तत्कालै बन्दसत्रपछि हामी १२ गते बेलुकै उम्मेदवारको टुंगो लगाउने छौं,’अध्यक्ष बिजीले भने,’१३ गते मतदान कार्य गर्नेछौं र १४ गते मतगणना सकेर परिणाम घोषणा गर्ने छौं ।’ प्रतिष्ठानमा २६ हजार ११८ जना सदस्य छन् ।
अध्यक्ष बिजीका अनुसार यो महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरुबाट, मानार्थ सदस्यहरुबाट र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी निर्वाचनमा करिब एक हजार जना प्रतिनिधिले मतदान गर्नेछन् ।
त्यस्तै, २०५७ मा गठित यस संस्थाको संगठन ५४ जिल्ला, ९ उपत्यका समन्वय समिति, ९ विदेश शाखा गरी जम्मा ७२ जिल्लास्तरीय समिति र ५ प्रदेश तथा १ उपत्यका समन्वय समिति गरी ६ प्रदेश स्तरीय समिति रहेको छ । प्रतिष्ठानमा हाल २३ हजार ३२२ जना साधारण सदस्य र २ हजार ७७३ र २३ जना आजीवन सदस्य रहेको बताइएको छ । प्रतिष्ठानमा मानार्थ सदस्यसहित जम्मा २६ हजार ११८ जना कलाकार आबद्ध छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar