काठमाडौं – ग्लोबल आईएमई बैंकले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी – ग्लोबल आईएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल प्रहरी कल्याण कोषबीच ‘नेपाल प्रहरी – ग्लोबल आईएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन एवं व्यवस्थापनमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपश्चात् सो सहयोग रकम हस्तान्तरण गरिएको हो । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सो रकमको चेक प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई हस्तान्तरण गरेका हुन् ।
सो अवससमा बैंकको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीका जेहेनदार तथा योग्य सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने पुण्य कामका लागि ग्लोबल आईएमई बैंकको योगदान अमूल्य रहेको र यसले प्रहरी कर्मचारीको मनोबल बढाउन थप टेवा पुग्ने उल्लेख गरे ।
महानिरीक्षक सिंहले बैंकले यसअघि पनि नेपाल प्रहरीलाई विभिन्न कार्यक्रममा सहयोग गरी सहकार्य गर्दै आएकामा बैैंकलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा समेत आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने कुरामा आफू विश्वस्त रेहेको समेत जानकारी गराए । बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले नेपालको व्यवस्थित संगठन नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच सहयोग र सहकार्य आदानप्रदान हुने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar