• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ९, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

५ घण्टा अघि
२

नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

५ घण्टा अघि
३

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

९ घण्टा अघि
४

रामप्रसाद र संगीताको आवाजमा ‘फूलै फूलेको’ गीत सार्वजनिक

९ घण्टा अघि
५

इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार

९ घण्टा अघि
६

तत्काल अनुदान उपलब्ध गराउन उखु किसानको माग

९ घण्टा अघि
७

हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न

११ घण्टा अघि
८

भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव

१३ घण्टा अघि
९

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

१४ घण्टा अघि
१०

महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स

१४ घण्टा अघि
११

रौतहटमा बस पल्टियो, १० जना घाइते

१४ घण्टा अघि
१२

सांसद मेटमणि चौधरीविरुद्धको चेक अनादरको जाहेरी फिर्ता

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ३ दिन अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    २ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ४ हफ्ता अघि
  • keshab shrestha ८

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ४ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • prev
    next

    प्रभु बैंकको सेटिङमा १० करोडको घर लिलाम सकार : को हुन् ति व्यक्ती !

    न्युज डेस्कप्रकाशित मिति: २०७९ माघ २९, आईतबार (२ साल अघि)
  • १३१३ पाठक संख्या
  • prabhu bank lilam

    काठमाडौं – केहिदिनअघी पुर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले मिडिया मालिकहरुले मिडियाको आवरणमा अवैध धन्दा गर्ने गरेको भन्दै नामै किटेर केहि व्यक्तिहरुको कर्तुत छताछुल्ल पारिदिएका थिए । लामिछानेले मिडियाको आवरणमा अवैध धन्दा गर्नेहरुबारे कर्तुत छताछुल्ल पारिदिएपनि मिडियाको आवरणमा अवैध धन्दा गर्ने अर्का एक व्यक्तिबारे केही तथ्य फेला पारेको छ ।

    प्राप्त प्रमाण अनुसार एक प्रतिष्ठित दैनिक पत्रिकाका कार्यकारी निर्देशकले त बहुमुल्य घर नै बैंक र अदालतको सेटिङ मिलाएर हत्याएको तथ्य फेला परेको छ । काठमाडौंको सिंहदरबारकै आडमा रहेको भव्य महलमा ती दैनिक पत्रिकाका साहुजीले बैंकसँगको मिलेमतोमा करोडौंको घर कौडीको भाउमा हत्याएको भन्दै पीडितले विभिन्न निकायमा गुहार मागेका छन् ।

    अनामनगरस्थित भाटभटेनी र हनुमानथानको बीच सडकबाट बबरमहल निस्कने गल्लीमा एउटा भव्य महल छ । चाइनिज ईट्टाले बनाइएको उक्त घर १० आना भन्दा बढी क्षेत्रफलमा बनेको हो । यो घरको मुल्य आजको दिनमा १० देखि १५ करोड रुपैयाँ पर्छ । तर, प्रभु बैंकसँग मिलेर नयाँ पत्रिका दैनिकका निर्देशक सुशिल थापाले कौडीको भाउमा उक्त घर हत्याएका छन् । नेवा भाषको ‘नसा त्वँसा वास : नं खः अर्थात खानपिन औषधी पनि हो’ नामक पुस्तक लेखिका समेत रहेकी रुक्मिणी श्रेष्ठको नाममा दर्ता रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ११ को सिट नम्बर १०२ – ११४५ – १५ कित्ता नम्बर ६६ को १० आना २ दाम क्षेत्रफल जग्गामा रहेको कम्पाउन्डसहितको घर सेटिङमा हत्याएको पीडित परिवारको गुनासो छ ।

    उच्च अदालत पाटनमा पीडित परिवारले चढाएको निवदेन अनुसार रुक्मिनीकै नातेदार ज्ञान गोविन्द बैद्यसहित उक्त घरमा बस्दै आएका थिए । २०६८ चैत्र ३० गते हाईपोथेकिसन लिखत तयार पारी विजनेश ऋण बापत ३ करोड रुपैयाँ ऋण निकालिएको थियो । किर्ते धितो राखेर सयौँको घर सम्पत्ति हत्याएको भन्दै केही वर्षअघि पक्राउ परेका मधुसुदन सिलवालले तत्कालिन किस्ट बैंक हालको प्रभु बैंकसँग लिएको ऋण तिर्ने प्रयोजनका लागि रुक्मिणीको घर धितो राखिएको थियो । बैंकबाट निकालिएको ३ करोड मध्ये २ करोड ८ लाख रुपैयाँ उनै सिलवालले किस्ट बैंकलाई बुझाइएको थियो भने बाँकी रहेको ८२ लाख रुपैयाँ पीडित परिवारका ज्ञान गोविन्द बैैद्यले चलाएका थिए । त्यतिबेला उक्त रकम ५ घण्टामा निकालेर रफादफा गरिएको थियो ।

    बैद्यका अनुसार अनुसार उनले बैंकमा सावाँ र ब्याज बुझाउँदै थिए । तर, बैंकले एक्कासी एकै व्यक्तिको चेकबाट ३ वटा काल्पनिक मानिस खडा गरि त्यतिबेला नै ७ करोड बराबरको घर सुशिल थापा र उनकी पत्नि अनुपमा थापाले मिलेर लिलामी गराएका थिए । ‘मेरो पुनरावेदनको मुदा फैसला भएपछि सल्लाह गरौँला म घर खाली गर्छु तर मेरो ७ करोड मुल्य पर्ने घरको पैसा दिनुस् तर, तपाईंले लिनुपर्ने पैसा कटाउनुस् की मेरो घर बेच्न दिनुहोस् भनी याचना गरेँ,’ रुक्मिणी श्रेष्ठले दायर गरेको मुद्दामा भनेकी छिन्,‘तपाईंले मेरो घर खाने नियतले बढी मुल्यको घर कम मुल्यमा बेईमानीको नियत राखी लिलामी गर्नुभयो मलाई मौका समेत दिनु भएन । मलाई मानसिक तथा शारीरीक यातना नदिनुहोस् भन्दा विपक्षीले कानुन आफ्नो हातमा लिएकाले बाध्य भएर सम्मानित अदालतको शरणमा आएको छु ।’

    पीडित श्रेष्ठ परिवारका अनुसार थापाकी श्रीमति अनुपमा थापाले लिलाममा जानु अघि ६ करोड २५ लाख मुल्यांकन भएको उक्त घर विभिन्न नक्कली मुल्यांकन र बैंक समेतको मिलेमतोमा २ करोड ३ लाखमै हत्याएका छन् । बैंकले धितो लिलामी गर्दा पहिलो हक ऋणीको भएपनि उनीहरुलाई सो प्रक्रियामा सहभागी समेत नगराई मिडियाको आवरणमा थापालाई आफ्नो सम्पत्ति सेटिङमा बुझाएको आरोप उनीहरुको छ ।

    ‘मैले मेरो सम्पत्ति पाउनका लागि बैंकसँग अनुरोध गर्दा पनि बैंकले मेरो केही पनि नसुन्दा मैले पटक पटक गरि काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटनमा समेत मुद्दा दायर गरेको थिएँ । तर, बैंकले अदालतको फैसला आउनु पूर्व नै लिलाम सकार गरि अनुपमा थापालाई उक्त सम्पत्ति दिएर पठायो,’ बैद्यले भने,‘पछि थापा लगायत वडाका प्रहरी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र अन्य व्यक्ति घर खाली गराउनका लागि आउँदा मात्र थाहा भयो की बैंकले मेरो सम्पत्ति अनुपमा थापालाई लिलाम सकार गरि दिएको रहेछ ।

    तत्कालिन किस्ट बैंक प्रभु बैंकमा गाभिएको थियो । २०७१ सालमा ऋण असुली न्यायाधीकरणमा परेको मुद्दामा वादी बनेर हाल प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत तत्कालिन निमित्त प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मुद्दा हालेका थिए । ऋण असुली न्यायाधीकरणले पनि पीडित परिवारलाई न्याय दिनुको सट्टा बैंक र मिडिया मालिक थापालाई जिताएको पीडित परिवारको गुनासो छ ।

    ऋण दिँदा अन्डरभ्यालुएशनको आशंका

    श्रेष्ठ परिवारको उक्त घर बैंकले ऋण दिँदा कम्तिमा पनि ६ करोड २५ लाख रुपैयाँ मुल्यांकन गरिएको थियो । तर, बैंकले लिलाम सकार गर्दा भने २ करोड ३ लाख रुपैयाँमै सकार गरेको छ । ‘३ करोड ऋण दिँदा जति भ्यालुएशन भएको थियो त्यो भन्दा तीन गुणा कम भ्यालुएशन गरेर ऋणीको सम्पत्ति हत्याउन पाइँदैन,’ बैंक तथा वित्तिय क्षेत्रका एक विज्ञ भन्छन्,‘कि शुरुमै ओभर भ्यालुएशन गरेको हुनुपर्छ । यस्तो कार्य गर्नेमाथि प्रहरीले छानबीन गरि कारबाही गर्नुपर्छ ।’

    बैंकले अदालतमा पठाएको लिखित जवाफमा पनि २ करोड ३ लाख रुपैयाँमै थापा परिवारले लिलाम सकार गरेको स्विकार गरिएको छ । यो समाचार दियोपोष्टसंगको सहकार्यमा प्रकाशित् गरिएको हो ।

  • rabi lamichhane
  • पुर्व गृहमन्त्री
  • रवी लामिछाने
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • सभापति
  • सभापति रवी लामिछाने
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

  • नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

  • जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

  • रामप्रसाद र संगीताको आवाजमा ‘फूलै फूलेको’ गीत सार्वजनिक


  • समाचार
  • १

    इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण
    ५ घण्टा अघि

  • २

    नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा
    ५ घण्टा अघि

  • ३

    जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने
    ९ घण्टा अघि

  • ४

    रामप्रसाद र संगीताको आवाजमा ‘फूलै फूलेको’ गीत सार्वजनिक
    ९ घण्टा अघि

  • ५

    इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार
    ९ घण्टा अघि

  • ६

    तत्काल अनुदान उपलब्ध गराउन उखु किसानको माग
    ९ घण्टा अघि

  • ७

    हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न
    ११ घण्टा अघि

  • ८

    भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव
    १३ घण्टा अघि

  • ९

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    १४ घण्टा अघि

  • १०

    महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स
    १४ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ४ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

    subhayug
    २

    इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार

    subhayug
    ३

    इजरायलमाथि मिसाइल वर्षा: टेल अविभ र केन्द्रीय क्षेत्रहरूमा त्रास, ८० भन्दा बढी घाइते

    subhayug
    ४

    इरानमाथि आक्रमण रोक्न आग्रह गर्न कठिन छ : अमेरिकी राष्ट्रपति ट्रम्प

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution