• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २७, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

३ घण्टा अघि
२

विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो

४ घण्टा अघि
३

विगतका गल्ती सच्याउँदै जनतासँग पुनः जोडिने अभियानमा छौँ : प्रचण्ड

४ घण्टा अघि
४

मिस सुप्रानेसनल दीक्षा पोल्यान्डतर्फ

४ घण्टा अघि
५

विश्वकप क्रिकेट लिग–२ : आज अन्तिम खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै

५ घण्टा अघि
६

राष्ट्रिय खुल्ला सोतोकान कराते प्रतियोगिता जेठ अन्त्यमा

६ घण्टा अघि
७

ग्लोबल आइएमई बैंकको हाइकिङ कार्यक्रम

६ घण्टा अघि
८

हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

८ घण्टा अघि
९

नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

१ दिन अघि
१०

माओवादीले राष्ट्रिय सभाबाट माग्यो गृहमन्त्रीको राजीनामा

१ दिन अघि
११

मेनपावर नवीकरणका लागि गुगल लोकेसन अनिवार्य

१ दिन अघि
१२

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले थाल्यो उत्पादन

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ दिन अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ दिन अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ दिन अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ३ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    १ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    २ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    २ हफ्ता अघि
  • prev
    next

    एनआईसी एसियाको बदमासी : मालपोतको फर्जी छाप र हस्ताक्षर गरी करोडौ कारोबार

    न्युज डेस्कप्रकाशित मिति: २०७९ माघ २८, शनिबार (२ साल अघि)
  • ८८७ पाठक संख्या
  • NIC ASIA BANK

    काठमाडौं – सप्तरीको राजविराजस्थित एनआईसी एसिया बैंकको शाखाबाट फर्जी कागजातका आधारमा २ करोड ८० लाख रुपैयाँ ऋण प्रवाह भएको खुलेको छ ।

    अर्काको जग्गा आफ्नो रहेको भन्दै फर्जी लालपुर्जा, फर्जी रोक्का र फर्जी लिखतका आधारमा उक्त बैंकबाट राजविराज नगरपालिका–९ स्थित घर भएकी घर भएकी आसमा खातुनद्वारा सञ्चालित एएस ट्रेडर्स एन्ड सप्लायर्सका नाममा गत मंगलबार २ करोड ८० लाख रुपैयाँ ऋण प्रवाह भएको हो । एनआईसी एसिया बैंक राजविराजका प्रबन्धक सन्तोष यादवले फर्जी कागजातकै आधारमा २ करोड ८० लाख ऋण प्रवाह भएको स्विकारेका छन् ।

    खातुन प्रोप्राइटर रहेको उक्त सप्लायर्सलाई बैंकले ऋण दिँदा उनकी सासू बसिरन खातुनका नाममा रहेको १० कट्ठा ५ धुर जग्गा धितोमा राखेका थिए । तर उक्त जग्गा बसिरनका नाममा नभई अर्कै व्यक्तिको रहेको पाइएको छ । आफ्नी बुहारीको ऋणका लागि बसिरन खातुनले सप्तरीको साविक प्रसबनी गाविस ९ ग को कित्ता नं २२१ को १० कट्ठा ५ धुर जग्गा धितोबापत दिएकी थिइन् । तर, उक्त जग्गा बसिरन खातुनको नभई रवीन्द्रकुमार यादवका नाममा दर्ता रहेको मालपोत कार्यालय सप्तरीले जनाएको छ ।

    उक्त २२१ नम्बर कित्ताको जग्गा रवीन्द्रकुमार यादवका नाममा दर्ता रहेको र उनले ‘तत्कालीन सिर्जना फाइनान्सबाट २० लाख रुपैयाँ ऋण लिँदा ०७४ साल चैत २८ देखि नै रोक्का छ । रवीन्द्रकुमार यादवका नाममा रहेको जग्गाको फर्जी लालपुर्जा बसिरन खातुनका नाममा र मालपोत कार्यालय नै नपुगी बाहिरै रोक्का कागज र लिखत बनाएर बैंकमा पेस गरी २ करोड ८० लाख ऋण निकालिएको हो । आफ्ना नामको जग्गाको फर्जी लालपुर्जा बनाई बैंकमा राखेर ऋण लिएको जग्गाधनी रवीन्द्रले थाहा पाएपछि यो प्रकरण बाहिरिएको हो । बैंकले ऋण दिँदा जग्गा रोक्काका लागि बैंक कर्मचारी नै जाने गरेका छन् ।

    साथै रोक्काअगाडि बैंकले नै खटाएको व्यक्ति मूल्यांकन गर्नसमेत जाने गरेका छन् । शाखा प्रबन्धकले पनि कागजात अध्ययन गरेपछि मात्र ऋण दिने व्यवस्था छ । तर मालपोत कार्यालय नै नपुगी जग्गा रोक्का हुनु, मालपोत कार्यालयको फर्जी छाप, हस्ताक्षर प्रयोग गरेको कागजात पेस हुनु, त्यही कागजातका आधारमा ठूलो रकम ऋण दिनु, जग्गा मूल्यांकनमा बैंकले ध्यान नदिनुलगायत कारण उक्त घटनामा बैंकका राजविराज शाखा प्रबन्धक सन्तोषकुमार यादवसहितका कर्मचारीको समेत संलग्नताको आशंका गरिएको छ ।

    बुधबार र बिहीबार प्रबन्धक यादव कार्यालय आएनन् । फर्जी कागजात पेस गरी उठाएको २ करोड ८० लाखमध्ये २ करोड ३० लाख मंगलबार नै विभिन्न व्यक्तिको खातामा सारिएको थियो । ५० लाख रुपैयाँ भने बैंकमा रहेको आसमा खातुनकै खातामा मौज्दात रहेको बताइएको छ । स्रोतका अनुसार फर्जी कागजात पेस गरी लिएको २ करोड ८० लाख रुपैयाँमध्ये १ करोड ९० लाख रुपैयाँ बिहीबार बैंकमा फिर्ता आएको छ । ऋणी आसमा खातुनको कर्जा खाताबाट मो समसादका नाममा सारिएको रकम विभिन्न पाँच जनाको खातामा सारिएको र एनआईसी एसिया बैंकले ती व्यक्तिलाई बिहीबार पत्राचार गरी सो ऋण प्रवाह गर्दा प्राविधिक समस्या भएको भन्दै जाँचबुझ गर्न रकम फिर्ता गरिदिन अनुरोध गरेको थियो ।

    प्रबन्धक भन्छन् : मेरो संलग्नता छैन

    त्यसपछि ती व्यक्तिहरूबाट एक करोड ९० लाख रुपैयाँ फिर्ताको चेक आएको एनआईसी एसिया बैंक स्रोतले बतायो । एनआईसी एसिया बैंक राजविराजका शाखा प्रबन्धक यादवले पनि बैंकले जाँचबुझमा सहयोग गर्न पत्राचार गरेपछि केही व्यक्तिले रकम फिर्ता गरेको पुष्टि गरे । यद्यपि कति रकम फिर्ता आयो भन्ने विषयमा उनले बताएनन् । अर्को बैंकका कर्मचारी र केही व्यक्ति मिलेर फर्जी कागजात तयार पारी आफू र आफू आवद्ध बैंकलाई झुक्याएको उनको दाबी छ । ‘अर्को बैंकका कर्मचारी र केही व्यक्ति मिलेर योजनाबद्ध रूपमा फर्जी कागजात बनाई मलाई झुक्याएर २ करोड ८० लाख ऋण निकाले,’ यादवले भने, ‘यसमा मेरो संलग्नता छैन, भए कारबाही भोग्न तयार छु ।’

    फर्जी जग्गाको धनी बनाएकी बसिरन खातुनका पति मनिर मियाँका अनुसार उनका छोरा मो सद्धामका साथी मो समसादले आफ्नो एउटा जग्गा रहेको र उक्त जग्गा ‘तिम्री आमाको नाममा पास गराई बैंकमा राखेर ऋण लिई व्यापार व्यवसाय गर्ने’ योजना सुनाएका थिए । समसादको योजनामा सद्धामले सहमति जनाएपछि रवीन्द्रकुमार यादवका नाममा रहेको जग्गा फर्जी रूपमा सद्धामकी आमा बसिरन खातुनका नाममा सारिएको थियो । फर्जी रूपमा बसिरनका नाममा दर्ता गरिएको अर्काको जग्गा नै बैंकमा धितो राखी २ करोड ८० लाख ऋण स्वीकृत गराइएको छ ।

    ऋणको रकम सद्धामकी श्रीमती आसमा खातुनको खातामा आएपछि, समसादको खातामा र त्यसपछि अन्य विभिन्न व्यक्तिका खातामा गरी २ करोड ३० लाख सारिएको थियो । मो समसाद अहिले सम्पर्कविहीन छन् । कानुनी प्रक्रियाअनुसार दृष्टिबन्धक नै नगरी बाहिरै फाइल बनाई मालपोत कार्यालयको छाप र दस्तखतसमेत किर्ते गरेको विषय सार्वजनिक भएपछि सप्तरी प्रशासनले चासो लिएको छ ।

    मालपोत कार्यालयको छाप र दस्तखत किर्ते गरिएकाले आवश्यक कारबाहीका लागि प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको सप्तरी मालपोतका प्रमुख रामनारायण शर्माले बताए। सरकारी छाप दस्तखत गरी किर्ते कार्य गरिएको जानकारी मालपोत कार्यालयका प्रमुखबाट आएको र उक्त काममा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको भनाइ छ ।

  • subhayug
  • एनआईसी एसिया
  • फर्जी कागजात
  • बैंक
  • राजविराज
  • सप्तरी
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

  • विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो

  • विगतका गल्ती सच्याउँदै जनतासँग पुनः जोडिने अभियानमा छौँ : प्रचण्ड

  • मिस सुप्रानेसनल दीक्षा पोल्यान्डतर्फ


  • समाचार
  • १

    सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    ३ घण्टा अघि

  • २

    विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो
    ४ घण्टा अघि

  • ३

    विगतका गल्ती सच्याउँदै जनतासँग पुनः जोडिने अभियानमा छौँ : प्रचण्ड
    ४ घण्टा अघि

  • ४

    मिस सुप्रानेसनल दीक्षा पोल्यान्डतर्फ
    ४ घण्टा अघि

  • ५

    विश्वकप क्रिकेट लिग–२ : आज अन्तिम खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै
    ५ घण्टा अघि

  • ६

    राष्ट्रिय खुल्ला सोतोकान कराते प्रतियोगिता जेठ अन्त्यमा
    ६ घण्टा अघि

  • ७

    ग्लोबल आइएमई बैंकको हाइकिङ कार्यक्रम
    ६ घण्टा अघि

  • ८

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
    ८ घण्टा अघि

  • ९

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा
    १ दिन अघि

  • १०

    माओवादीले राष्ट्रिय सभाबाट माग्यो गृहमन्त्रीको राजीनामा
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    २ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    भारतमा कोरोना संक्रमण तीव्र, नौ दिनमै ५८ जनाको मृत्यु

    Corona Virus
    २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    subhayug
    ३

    नेसन्स लिग फुटबलको उपाधि पोर्चुगललाई

    subhayug
    ४

    अमेरिकामा रहेका नेपालीलाई झट्का, TPS सुविधा अब पूर्ण रूपमा खारेज

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution