काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछाने मंगलबार बिहान प्रधानमन्त्री निवास पुगेका हुन् । सर्वोच्च अदालतले नागरिकता अवैध घोषणा गरेसंगै गृहमन्त्री पद गुमाएका लामिछाने पुनः सोही पदमा फर्कनका लागि दौडधुपमा छन् । पार्टीले पनि आधिकारिकरुपमा गृहमन्त्री फेरि रास्वपाले नै पाउनुपर्ने दाबी गर्दै आएको छ ।
यता, राहदानी दुरुपयोगको विषय अनुसन्धानमा नै रहेको बेला लामिछानेले तालुकदार मन्त्रालयमा फर्कन आशक्ति देखाएको भन्दै आलोचनासमेत भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar