काठमाडौं – सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकतालाई अवैधानिक ठहर गरेसँगै उनको कोर्ट म्याारिजसमेत बदर भएको छ।
२०५० फागुनमा काठमाडौं जिल्ला प्रशासनबाट लिएको नागरिकता र २०७० अमेरिकी नागरिकता पाएपछि अवैधानिक भएको सर्वोच्चले ठहर गरेको छ। अमेरिकी नागरिकता पाएपछि उनले नेपाली नागरिकताका आधारमा गरेका सबै कानुनी काम अवैधानिक रहेको सर्वोच्चले ठहर गरेको हो। लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनःप्राप्ति गर्नुपर्ने भए पनि नगरेको र नागरिकता ऐनको दफा १० ९१० अनुसार अवैध भएको नागरिकताका आधारमा प्रतिनिधिसभा सदस्य पदका लागि दिएको उम्मेदवारीसमेत खारेज गरेको छ।
त्यसैको आधारमा उनले निकिता पौडेलसँग गरेको कोर्ट म्यारिजसमेत बदर भएको हो। लामिछाने र पौडेलबीच २०७७ साल माघ ८ गते काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज भएको थियो। कोर्ट म्यारिज बदर भएर निकितासँगको कानुनी सम्बन्ध शून्यमा परिणत भए पनि उनीहरुको सामाजिक र साँस्कृतिक सम्बन्ध भने कायम रहन्छ। कानुनी रुपमा विवाह कायम गराउन उनले नेपाली नागरिकता पुनःप्राप्ति गरेर फेरि काठमाडौँ जिल्ला अदादतमा निवेदन दिनुपर्छ।
लामिछानेले अमेरिकी नागरिक रहेकै अवस्थामा नेपालमा २०७५ सालमा लिएको पासपोर्ट पनि अवैध ठहर भएको छ। उनलाई दोहोरो पासपोर्ट लिएको कसुरसँगै सरकारी कागजात कीर्ते गरेको अभियोगमासमेत मुद्दा चलाउन सकिने सम्भावना छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar