काठमाडौं – उपप्रधान त गृहमन्त्री रवि लामिछानेले आफु कुनै प्रश्नको जवाफ दिन सक्ने अवस्थामा नरहेको बताएका छन् ।
शुक्रबार, गृहमन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरुसंग प्रतिक्रिया दिँदै उनले आफु कुनै प्रश्नको जवाफ दिन सक्ने अवस्थामा नरहेको बताएका हुन् । सर्वोच्च अदालतले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछानेले गृह मन्त्रालयमै थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले प्रश्नको जवाफ दिन सक्ने अवस्थामा नरहेको भन्दै भनेका छन्, अदालतको फैसलालाई भने स्वागत गर्ने बताए ।
पत्रकारहरुको अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन, धन्यवाद।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar