विराटनगर – कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका – ३ स्थित ढाटमा बुधबार दुर्घटना हुँदा प्रदेश १ को प्रदेशसभा (संसद)सचिवालयका अधिकृतको मृत्यु भएको छ ।
दुर्घटनामा संसद सचिवालयका अधिकृत सुनसरीको धरान उपमहानगरपालिका–८ घर भएका अन्दाजी ५५ वर्षीय प्रेमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । सरकारी मोटरसाइकल चलाएर धरानबाट विराटनगरस्थित संसद सचिवालयतर्फ आउने क्रममा श्रेष्ठ दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १ – ०४ – ००१ ब ०००७ नम्बरको मोटरसाइकल र उत्तरतर्फ जाँदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा बिहान ८:५५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा दिउँसो ३:३० बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताए ।
उनका अनुसार दुर्घटनामा स्कुटर चालक बूढीगंगा गाउँपालिका – २ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर – ४ का २५ वर्षीय विशाल प्रसाईं सामान्य घाइते भएका छन् । उनीहरुको विराटमै उपचार भइरहेको छ । मोटरसाइकल र स्कुटरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar