काठमाडाैं – नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले बढेको छ।
आज नेप्से परिसूचक १०.३७ अङ्कले बढेर २१८३.६२ अङ्कमा कायम हुँदा लगातार दाेस्राे दिन सेयर बजारमा उछाल देखिएकाे हाे। बुधबार २६१ वटा कम्पनीको ९५ लाख ३२ हजार आठ सय ६७ कित्ता सेयर ५४ हजार तीन सय ७७ पटक खरिदबिक्री भयाे। यसदिन तीन अर्ब ४६ करोड ६५ लाख आठ हजार तीन सय ३८ बराबरको कारोबार भएको छ। मंगलबारकाे तुलाना बुधबार काराेबार रकम पनि बढेकाे हाे।