धादिङ – बागमती प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रतिनिधीसभा धादिङ १ का सांसद राजेन्द्रप्रसाद पाण्डेले धादिङमा निर्माणाधिन दुई ठुला आयोजनाको स्थलगत निरिक्षण गरेका छन् ।
बुधबार धादिङ आएका पाण्डेले निर्माणाधिन थाँक्रे गाँउपालिका वडा नं. १ स्थीत् महेशखोला पुल र धार्के सितापाईला सडकको स्थलगत निरिक्षण गरेका हुन् ।
निरिक्षणका क्रममा पाण्डेले पक्कि पुल र सडक निर्माणको कामलाई समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीका प्रतिनिधी र नियामक सरकारी निकायका अधिकारीहरुलाई निर्देशन समेत दिएका थिए ।
निरिक्षणका क्रममा सांसद पाण्डेसंगै जनप्रतिनिधी र स्थानियहरु समेत उपस्थित भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar