काठमाडौं – सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा निवेदकहरुको तर्फबाट बहस सकिएको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा निवेदकको तर्फबाट चिया ब्रेकअघि ५ जना अधिवक्ताले बहस गरेका थिए । जसमा अधिवक्ताहरु रविराज बसौला, रमन कर्ण, डा.सुरेन्द्र भण्डारी, अमृत खरेल, नीतिका ढुंगाना रहेका थिए ।
इजलास बस्नुअघि नै निवेदक र रवि लामिछानेको तर्फबाट डेढ – डेढ घण्टाको बहस गर्ने सहमति भएको थियो । जसअनुसार पहिलो डेढ घण्टामा निवेदककोतर्फबाट ५ जना अधिवक्ताले बहस गरेका हुन् । बहसमा रिट निवेदकको तर्फका अधिवक्ताहरुले नागरिक ऐनअनुसार रविले नागरिकता पुनः प्राप्तिमा राज्यले निर्णय लिनुर्ने जिकिर गरेका छन् । उनिहरुले राज्यको सहमति र स्वीकृति बिना नागरिकता पुनः प्राप्ति हुन नसक्ने भन्दै राज्यबाहेक अन्यत्रबाट नागरिकता जारी हुनसमेत नसक्ने जिकिर गरे ।
उनिहरुले रवि लामिछानेको व्यक्तिगत निर्णयले नागरिकता सक्रिय नहुने स्पष्ट गर्दै ‘पुनः प्राप्ति हुँदा पनि जारी नै हुनुपर्ने बताए । रवि लामिछानेको रगत नेपाली भएपनि तर सरकारी अधिकारीकहाँ गएर सहीछाप हुनैपर्ने उनिहरुको तर्क छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar