धादिङ – सिद्धलेक गाउँपालिकाले यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सलाङघाट स्थित् जलेश्वरी मा.वि.मा गर्ने भएको छ ।
जिल्ला खेलकुद विकास समिति धादिङले माघ मसान्त भित्र प्रतियोगिता गरि खेलाडी छनोट गर्न पत्रचार गरेसँगै सिद्धलेकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । सोहि निर्णयअनुसार आगामी माघ १८ देखि २० गते सम्म प्रतियोगिता सलाङघाट स्थित जलेश्वरी माविमा गर्ने भएको हो ।
१ नीजी र १३ सरकारी गरी १४ वटा माध्यामिक विद्यालय रहेको सिद्धलेकले सबै विद्यालयहरुलाई सहभागि गराउने गरि तयारी गरेको जलेश्वरी माविका प्रधानाध्यापक भोजराज अर्यालले बताए । यस प्रतियोगिताका लागी सिद्धलेक गाँउपालिकाले ८ लाख रुपौंया विनियोजनसमेत गरेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar