काठमाडौं – स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की युट्युवर शैलीमा अस्पतालमा पुगेको भन्दै तिब्र आलोचना भएको छ ।
मंगलवार साँझ आत्मदाहको प्रयास गरेका इलामका प्रेम आचार्यलाई अस्पतालमा भेट्न गएको विषयबारे अहिले डा. कार्कीको चर्को आलोचना भइरहेको हो । जलेर सख्त घाइते आचार्यलाई भेट्न कार्की मंगलबार कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेकी थिइन् ।
तर, घाइतेलाई भेट्न जाँदा राज्यमन्त्री कार्की क्यामेरा लिएर वार्डमा नै पुगेपछि उनको आलोचना भएको हो । जलेर घाइते बिरामीलाई भेट्न जाँदा उपचारसम्बन्धी प्रोटोकल र संवेदनशीलता अवलम्बन नगरेको, सङ्क्रमणबाट बिरामीलाई जोगाउनुपर्नेमा क्यामेरासहित वार्डमा नै पुगेर लापरबाही गरेको, बिरामीको गोपनीयता हनन गरेको, युट्युवर शैलीमा अस्पतालमा पुगेको र सस्तो लोकप्रियता हासिल गर्न खोजेको भन्दै मन्त्री कार्कीको आलोचना भइरहेको छ ।
मंगलवार साँझ संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा निधन भएको छ । उनको बुधबार बिहान ५ बजे आचार्यको निधन भएको डा. किरण नकर्मीले जानकारी दिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar