काठमाडौं – प्रहरीले ट्रेड युनियन महासङ्घ जिफन्टका सचिव तारानिधी पन्तलाई पक्राउ गरेको छ ।
नेपाल भारत सीमा क्षेत्रमा भारतीय नक्कली रुपैयाँ किन्न खोजेको अवस्थामा सचिव तारानिधी पक्राउ परेका हुन् । प्रहरीले पन्तको साथबाट नेपाली १० लाख रुपैयाँ समेत बरामद गरेको छ ।
उनले कारोबारीहरूसंगको मिलेमतोमा नेपाली १० लाख रुपैयाँमा भारतीय १ करोड किनेर कारोबार गर्ने गरेका थिए । जेब्रा झोलामा पैसा बोकेर गएको अवस्थामा उनी पक्राउ परेको प्रहरीले बताएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar