• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ बैशाख ३०, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने महिला काठमाडौंबाट पक्राउ

१८ घण्टा अघि
२

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१९ घण्टा अघि
३

दिलीप स्मृति तेक्वान्दो डोजोङलाई च्याम्पियनको उपाधि

१९ घण्टा अघि
४

अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

१९ घण्टा अघि
५

गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

२० घण्टा अघि
६

जिम्मेवारी हेरफेरले युवा संघमा तीव्र विवाद

२१ घण्टा अघि
७

१७ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति

२१ घण्टा अघि
८

माछा मार्ने क्रममा करेन्ट लागेर मिक्लाजुङकी युवतीको मृत्यु

१ दिन अघि
९

दरबारमार्गमा हरिहरपुरगढीको तरबुजा : १० हजार किलो बिक्री

१ दिन अघि
१०

झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

१ दिन अघि
११

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

१ दिन अघि
१२

महिला विश्वकपमा ४८ टोली

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    १ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • oli with us ldr ४

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    १ हफ्ता अघि
  • gagan dai ५

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    १ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ३ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ७

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    २ हफ्ता अघि
  • tapkram ८

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    १ हफ्ता अघि
  • झठटछ ९

    नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा

    १ हफ्ता अघि
  • janjati mahasangh press १०

    जनजाति महासंघ (समाजवादी) को दोस्रो महाधिवेशन भोलीदेखी

    १ हफ्ता अघि
  • prev
    next

    जसपा भित्र फेरि खटपट सुरु

    न्युज डेस्कप्रकाशित मिति: २०७९ माघ ८, आईतबार (२ साल अघि)
  • ९०९ पाठक संख्या
  • upendra yadav and ashok rai

    काठकाडौं – स्थापना भएको छोटो समयमै दुईपटक विभाजित भइसकेको जनता समाजवादी पार्टी (जसपा) भित्र फेरि खटपट सुरु भएको छ।

    पार्टी कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष अशोक राईबीच विभिन्न मुद्दालाई लिएर मतभेद बढ्न थालेको हो। बाबुराम भट्टराई, महिन्द्र यादवलगायतका नेताले जसपाबाट विभाजित भएर नेपाल समाजवादी पार्टी (नेसपा) गठन गर्दा राईले अन्तिम समयमा आएर उपेन्द्रलाई साथ दिएका थिए। पार्टी विभाजन हुनुभन्दा अघि राई भट्टराई समूह निकट थिए। पार्टी विभाजनका बेला उपेन्द्रको पक्षमा लागेका राई प्रतिनिधिसभामा जसपा संसदीय दलको नेता चयनलाई लिएर असन्तुष्ट छन्। राई संसदीय दलको नेता बन्न चाहन्थे तर उपेन्द्रले सहयोग नगरेका कारण उनको चाहना पुरा हुन सकेन। त्यसपछि उपेन्द्र र राईबीच खटपट सुरु भएको स्रोत बताउँछ।

    ‘जसपा संसदीय दलको नेतामा रामसहाय यादव निर्वाचित भएपछि संघीय परिषद् अध्यक्ष अशोक राई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीच खटपट देखिन थाल्यो’, पार्टी स्रोत भन्छ, ‘राई संसदीय दलको नेता बन्न चाहन्थे। संसदीय दलको नेतामा निर्वाचित भई पार्टीबाट सरकारमा नेतृत्व गर्ने राईको भित्री चाहना थियो। तर कार्यकारिणी समितिका अध्यक्ष यादवले राईलाई संसदीय दलको नेता दिन चाहेनन्। जसले गर्दा राईको चाहना पूरा भएन।’

    कार्यकारिणी समितिका अध्यक्ष यादवले आफू निकट रामसहायलाई संसदीय दलको नेतामा निर्विरोध गराए। जसपाका एक नेताले भने, ‘चुनाव गरेको भए रामसहाय यादवको पक्षमा ७ र अशोक राईको पक्षमा बढीमा ५ मत पर्ने अवस्था थियो। हार्ने निश्चित भएपछि राई चुनाव लडन तयार भएनन्। रामसहाय निर्विरोध संसदीय दलको नेता बने।’

    स्रोतका अनुसार उपेन्द्र र राईबीच प्रतिनिधिसभा सदस्य निर्वाचन परिणाम सार्वजनिक भएसँगै खटपट सुरु भएको हो। निर्वाचन सकिएलगत्तै उपेन्द्रले एमालेसँगको सहकार्यको कोर्स समाप्त भएको बताए। उपेन्द्रको उक्त भनाइको राईले खण्डन गरेका थिए। राईले भनेका थिए, ‘अध्यक्ष (उपेन्द्र यादव) ज्यूको भनाइ व्यक्तिगत हो। एमालेसँगको सहकार्य कायमै छ।’ राई एमालेसँगको सम्बन्ध टुटाउन नहुने पक्षमा छन्। जसपा सरकारमा जानुपर्छ भन्ने लाइन राईको हो। जसपाका अर्का नेताले भने, ‘उहाँ (अशोक राई) ले पत्नी सुशीला श्रेष्ठलाई सरकारमा पठाउन खोज्नुभएको छ। तर पार्टी अध्यक्ष यादव नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग नजिक हुन खोज्नुभएको छ।’ प्रतिनिधिसभाको सभामुख र उपसभामुख निर्वाचनमा जसपाले सत्तारुढ दललाई सहयोग गर्नुमा राईको जोडबलले काम गरेको स्रोतले बतायो।

    उपेन्द्रले आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने चाहना राखेका छन्। यसमा उनको व्यक्तिगत स्वार्थ छ। जसपाले उपराष्ट्रपति पाए रामसहायलाई बनाउने पक्षमा उपेन्द्र छन्। रामसहाय उपराष्ट्रपति भए प्रतिनिधिसभामा एक सदस्य रिक्त हुन्छ।

    जसको पूर्तिका लागि उपनिर्वाचन गराउनुपर्छ। उपनिर्वाचनमा आफैं चुनाव लडेर प्रतिनिधिसभाको सदस्य हुने यादवको चाहना छ। तर उपराष्ट्रपति जसपाले पाउने सम्भावना कम छ। राई सकेसम्म उपेन्द्र प्रतिनिधिसभामा नआउन भन्ने पक्षमा रहेको स्रोतले बतायो।

    जसपा कार्यकारिणी समितिका एक सदस्यले पार्टीले सरकारलाई समर्थन गरे पनि शक्ति बाँडफाँटमा माओवादी र एमालेले सामान्य छलफलसमेत नगरेको बताए। ‘यसमा अध्यक्ष उपेन्द्र यादवको चित्त दुखाइ छ तर अशोक राई भने यही स्थितिमा पनि सरकारमा जानुपर्छ भन्ने लाइनमा हुनुहुन्छ।’

    पछिल्लो समय एमाले अध्यक्ष केपी ओली र जसपा संघीय परिषद् अध्यक्ष राईबीच सम्बन्ध बाक्लिएको छ। चुनावका बेला धरानमा गरिएको एक कार्यक्रममा ओलीले राईलाई इंगित गर्दै भनेका थिए, ‘उहाँ मेरो उपाध्यक्ष हो।’ स्रोत भन्छ, ‘त्यो सम्बन्ध अहिले पनि कायम छ।’ तर कार्यकारिणी समितिका अध्यक्ष यादवले भने नेकपा एकीकृत समाजवादीसँग एकीकरण प्रक्रिया अघि बढाएका छन्। जसपा र नेकपा एसबीच सुरु भएको एकीकरण प्रक्रियालाई ओलीले मन पराएका छैनन्। स्रोतले भन्यो, ‘सम्भवतः यही कारण होला जसपा र नेकपा एसबीच भइरहेको एकीकरण प्रक्रियाप्रति राई त्यति सकारात्मक छैनन्। उपेन्द्र भने नेकपा एसँग एकता गरी प्रतिनिधिसभामा चोथौं ठुलो दल बन्ने प्रयासमा छन्।

    प्रतिनिधिसभामा जसपाका १२ सांसद छन्। जसमध्ये राईको पक्षमा उनकी पत्नी सुशीला, दिपक कार्की, नवलकिशोर साह र वीरेन्द्र महतो छन्। पार्टी कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्रको पक्षमा रामसहाय यादव, राजकिशोर यादव, प्रदीप यादव, रेखा यादव, प्रकाश अधिकारी, सहजाज रहमान, रन्जु ठाकुर छन। पार्टीको ५ सय ३० सदस्यीय केन्द्रीय समितिमा उपेन्द्र र राईमध्ये कसको पक्षमा बहुमत छ भन्ने यकिन नभए पनि २० सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्रको पक्षमा बहुमत छ।

    २०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भएर जसपा गठन गरिएको थियो। एकीकरण भएको एक वर्षमै महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायतका नेताले जसपाबाट अलग भई लोकतान्त्रिक समाजावदी पार्टी (लोसपा) गठन गरेका थिए। त्यसको करिब ६ महिनापछि भट्टराई, महिन्द्र यादव लगायतका नेताले जसपाबाट अलग भएर नेसपा गठन गरेका थिए।

  • Ashok Rai
  • subhayug
  • Upendra yadav
  • अध्यक्ष
  • अशोक राई
  • उपेन्द्र यादव
  • जनता समाजवादी पार्टी
  • जसपा
  • पार्टी कार्यकारिणी समिति
  • संघीय परिषद
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने महिला काठमाडौंबाट पक्राउ

  • सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

  • दिलीप स्मृति तेक्वान्दो डोजोङलाई च्याम्पियनको उपाधि

  • गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता


  • समाचार
  • १

    पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने महिला काठमाडौंबाट पक्राउ
    १८ घण्टा अघि

  • २

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    १९ घण्टा अघि

  • ३

    दिलीप स्मृति तेक्वान्दो डोजोङलाई च्याम्पियनको उपाधि
    १९ घण्टा अघि

  • ४

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति
    १९ घण्टा अघि

  • ५

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता
    २० घण्टा अघि

  • ६

    जिम्मेवारी हेरफेरले युवा संघमा तीव्र विवाद
    २१ घण्टा अघि

  • ७

    १७ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति
    २१ घण्टा अघि

  • ८

    माछा मार्ने क्रममा करेन्ट लागेर मिक्लाजुङकी युवतीको मृत्यु
    १ दिन अघि

  • ९

    दरबारमार्गमा हरिहरपुरगढीको तरबुजा : १० हजार किलो बिक्री
    १ दिन अघि

  • १०

    झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    १ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

    subhayug
    २

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

    subhayug
    ३

    महिला विश्वकपमा ४८ टोली

    subhayug
    ४

    भारत र पाकिस्तानको युद्धविरामपछि पनि भारतीय वायुसेनाले भन्यो– ‘अपरेशन सिन्दूर’ अझै जारी छ

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution