काठमाडौं – नेपाली कांग्रेसले सभामुख उम्मेदवार उठाउने विषयमा सरकार बाहिर रहेका दलहरुसँग छलफल सुरु गरेको छ ।
सभामुखमा सरिता न्यौपानेलाई अघि सारेसँगै कांग्रेसले सरकार बाहिर रहेका दलहरुसँग छलफलमा जुटेको हो । कांग्रेसका सांसद् रामहरी खतिवडाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गर्न लागेको जानकारी दिए ।
त्यस्तै कांग्रेसले नेताहरुलाई आफ्नो संसदीय दलको कार्यालयमा बोलाएको छ । सत्ता गठबन्धनबाट एमाले सांसद देवराज घिमिरेले सभामुखमा उम्मेदवारी दिईसकेका छन्।
उता आजै बिहान सभामुखबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक पनि बसेको थियो। बैठकले अन्य दलसँग छलफल गरेर मात्रै सभामुखको उम्मेदवार टुंगो लगाउने निष्कर्श निकालेको थियो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar