काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ ।
बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठक सभामुखमा उम्मेदवारी दिने निर्णयसहित सम्पन्न भएको हो । नेपाली कांग्रेसले बैठकमा सभामुखमा उम्मेदवारी दिने निर्णय भएको छ । यद्धपी कस्लाई उम्मेदवार बनाउने भन्ने बारे टुंगो लागेको छैन ।
प्रतिपक्षमा रहेका अन्य दलहरूसँग पनि परामर्श गरी उम्मेदवार तय गरिने एक पदाधिकारीले जानकारी दिए । उनले भने, ‘हामीले सभामुखमा उम्मेदवारी दिँदा उपसभामुख अर्को दलबाट हुन्छ । महिला पुरुष मिलाउनुपर्ने भएकाले अहिले उम्मेदवार टुंगो लगाइएको छैन ।’
उता सत्तारुढ गठबन्धनबाट भने एमालेले झापाका देवराज घिमिरेलाई उम्मेदवारको रुपमा अघी सारेको छ। संसद सचिवालयले सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकेको छ । यद्धपी मतदान भने बिहीबार हुनेछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar