काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
आज (बुधबार) बिहान अध्यक्ष नेपाल देउवालाई भेट्न धुम्बाराहीमा पुगेका हुन्। भेटमा सभामुख निर्वाचनबारे छलफल गरिएको बुझिएको छ । कांग्रेस र एकीकृत समाजवादीले प्रधामन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपनि सरकारमा सहभागी भएको छैन। कांग्रेसले नयाँ सत्ता समीकरणबाट जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति, जनमत पार्टीलगायतलाई आफूतिर तान्न खोजिरहेको छ। सभामुख र राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर कांग्रेसले आफ्नो गठबन्धन बनाउन लागेको पनि बुझिएको छ ।
मंगलबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र सभामुखको निर्वाचनमा पनि मिलेर जान प्रस्ताव गरेका थिए । बैठकमा राष्ट्रपति, सभामुख, उपराष्ट्रपति र उपसभामुखको विषयमा समेत छलफल भएको थियो। तर निष्कर्ष भने निक्लिएको थिएन।
प्रतिनिधि सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ। आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ। नेपालसँगको सभामुख उम्मेदवारबारे छलफलपछि कांग्रेसको पदाधिकारी बैठक बसेको हो। बैठकमा सभामुख र समसामयिक राजनीनिबारे छलफल गरिरहेको छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar