हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिंदैछन् ।
प्रदेश सभाको आज अपराह्न बस्ने बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । जम्मकट्टेलले गत पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । आज बस्ने प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली, २०७४ अनुसार विश्वासको मत विभाजनका लागि आवश्यक प्रक्रिया तयारी पूरा भइसकेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, राप्रपा १३, नेकपा (एकीकृत समाजवादी)का ७, नेककिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar