काठमाडौं – गृहमन्त्रालयको निर्देशनपछि देसैभरका अवैध रूपमा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका छन् ।
प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार व्यवसायिक प्रयोजन राखेर सञ्चालित ७३७ वटा क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका हुन् । दर्ता नभई निर्वाध रुपमा सञ्चालनमा आएका क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र स्थानीय प्रशासनले बन्द गराएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए । उनले भने,‘बिना दर्ता चलेका र मापदण्ड पुरा नभएका सबै क्रसर बन्द गरिएको छ ।’
प्रक्रिया पुरा गरेर दर्ता भएको तर, नवीकरण नभएको क्रसर र बालुवा उद्योगको संख्या १४३ छन् । व्यसायिक प्रयोजनमा सञ्चालित त्यस्ता उद्योग नवीकरण प्रक्रियामा रहेको बताइएको छ । दर्ता र नवीकरणसहित व्यवसायिक प्रयोजनमा देशभर ७ सय ३४ वटा क्रसर र बालुवा प्रशोधन उद्योग सञ्चालनमा रहेको पाइएको छ । विकास आयोजनाहरूले दर्ता र नवीकरण गरेर १०८ वटा त्यस्ता उद्योग सञ्चालन गरेको भेटिएको छ ।
गृह मन्त्रालयका अनुसार अहिले देशभर वैधानिक रूपमा ८४२ क्रसर र बालुवा उद्योग सञ्चालनमा छन् ।
धादिङको खनियावासमा अवैध क्रसर संचालन : आसपासका बस्ती जोखिममा , स्थानिय प्रशासन लाचार
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar