• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ६, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

४ घण्टा अघि
२

राष्ट्र बैंकको प्रतिवेदन: सम्पत्ति शुद्धीकरणका गतिविधिमा तीव्र वृद्धि

५ घण्टा अघि
३

नेप्सेमा ४९ अंकको वृद्धि, सात अर्बभन्दा बढीको कारोबार

६ घण्टा अघि
४

काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसंग माग्यो स्पष्टीकरण

६ घण्टा अघि
५

कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ

६ घण्टा अघि
६

सरकार ढल्ने स्थितिमा, नेतृत्व कांग्रेसले लिनुपर्छ: वर्षमान पुन

७ घण्टा अघि
७

विश्व पौडेललाई नै नयाँ गभर्नर बनाउने सहमति भएको हो ?

७ घण्टा अघि
८

स्वास्थ्य उपचारमा सरकार अनुदार बनेको सांसद कुँवरको टिप्पणी

८ घण्टा अघि
९

गभर्नर सिफारिस समितिको बैठक बोलाईयो

८ घण्टा अघि
१०

पोखरा आसपास भूकम्पको धक्का महसुस

८ घण्टा अघि
११

गभर्नर सिफारिस समिति बैठक बस्दै

८ घण्टा अघि
१२

देउवासँग छलफल लगत्तै प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

८ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ३ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ४ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ५ दिन अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ४ दिन अघि
  • prev
    next

    को हुन् प्रदेश १ का मुख्यमन्त्री कार्की ? यस्तो छ राजनीतिक इतिहास

    Reporterप्रकाशित मिति: २०७९ पौष २४, आईतबार (२ साल अघि)
  • ५९७ पाठक संख्या
  • himat karki

    विराटनगर – प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा दोस्रो वरीयतामा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका हिक्मतकुमार कार्की प्रदेशसभाको दोस्रो कार्यकालको सुरुवातमै प्रदेश १ का मुख्यमन्त्री बनेका छन् । केन्द्रीय सत्ता गठबन्धनमा आवद्ध दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । उनलाई एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० जनाको समर्थन छ ।

    को हुन् हिक्मतकुमार कार्की ?
    २०२१ साल असोज ११ गते झापा जिल्लास्थित गौरादह नगरपालिका वडा नम्बर ३ मा पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानका रूपमा हिक्मतकुमार कार्कीको जन्म भएको हो । अहिले उनको परिवारमा आमा, दाजु–भाउजू, श्रीमती, दुई छोरी र एक छोरा छन् । उनको बाल्यकाल गौरादहमै बित्यो भने एसएलसीसम्मको अध्ययन स्थानीय जनता माविमा भएको थियो ।

    कार्की विद्यालयमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुमा संगठित भई विद्यार्थी राजनीतिमा प्रवेश गरेका हुन् । पार्टी राजनीतिमा भने उनी २०३६ सालतिर मात्रै प्रवेश गरेका हुन् । महेन्द्र बहुमुखी क्याम्पसमा आइएलको पहिलो ब्याजको अध्ययन सकेर उनी २०४२ सालमा उच्च शिक्षाका निम्ति नेपाल ल कलेज, प्रदर्शनी मार्गमा भर्ना भएका थिए । उनले कानुनमा स्नातकोत्तर तह (एलएलएम) को अध्ययन पूरा गरेका छन् ।

    अनेरास्ववियुको विभिन्न तहका कमिटीको नेतृत्वदायी भूमिका (क्याम्पस प्राक, जिल्ला कमिटी काठमाडौँ, बागमती अञ्चल कमिटी) निर्वाह गर्दै उनी २०५५ सालमा केन्द्रीय अध्यक्षको जिम्मेवारीमा समेत रहे । स्वतन्त्र विद्यार्थी युनियनको समेत नेतृत्व (सभापति नेपाल ल क्याम्पस) सम्हालेका उनी विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भए ।

    एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनदेखि स्वयंसेवकको केन्द्रीय कमान्डमा प्रदिप नेपाल, विष्णु रिमाल, विनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डेसँगै महत्वपूर्ण भूमिका निर्वाह गरेका उनी पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रीय राजनीतिमा रहेका छन् । उनले २०७१–२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इन्चार्ज तथा प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिटी, प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुखको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

    २०७४ सालको प्रदेशसभा निर्वाचनमा झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट प्रत्यक्ष निर्वाचित कार्कीले प्रदेश नम्बर १ को स्थापनाकालीन मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा २०७४ फागुन ३ गते जिम्मेवारी प्राप्त गरेका थिए । करिव ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा जिम्मेवारी निर्वाह गरेका उनी नेकपा विभाजनसँगै २०७८ साल भदौ १० गते सरकारबाट बाहिरिएका थिए । सोही निर्वाचन क्षेत्रबाट उनी पुनः २०७९ सालको निर्वाचनमा निर्वाचित भएका छन् ।

    नेकपा कालमा नेकपाको केन्द्रीय सदस्य रहेका कार्की एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय समिति सदस्य बने । कार्की अहिले नेकपा (एमाले) को स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह–इन्चार्जको भूमिकामा छन् । खासमा संघीयता र प्रदेश संरचनाको विरोधी छवि बनाउँदै आएका उनी प्रदेश सरकारमा गएर काम गर्न थालेपछि भने संघीयतालाई बलियो बनाउनु पर्ने पक्षमा उभिएका छन् ।

    सबैसँग मिल्न सक्ने मिजासिलो स्वभाव, स्पष्ट वक्ता कार्की विद्यार्थी राजनीति छोडेर जनआन्दोलनपछि पार्टी काममा झापा फर्किएका थिए । झापामै लामो राजनीतिक र साङ्गठनिक अभियानमा सक्रिय भएका कार्की हाल प्रदेश १ का मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री बनेसँगै उनलाई प्रदेश १ को नामकरण, प्रदेशको स्थायी संरचनाको निर्माण, प्रदेशप्रति नकारात्मक ढंगले भइरहेको प्रचार रोक्न प्रभावकारी कार्यसम्पादन, सुशासन, प्रदेशका अधिकार प्राप्तिमा संघीय सरकारसँग गर्नुपर्ने लबिङ, गठबन्धन दलहरूको विश्वास जित्दै मितव्ययी सरकार सञ्चालन गर्नुपर्ने चुनौती छ । आगामी दिनमा उनले लिने पहलकदमी र कार्यले नै उनको अझै ठुलो राजनीतिक उचाइ निर्धारण गर्नेछ ।

     

  • subhayug
  • subhayug.com
  • एमाले
  • प्रदेशसभा निर्वाचन
  • मुख्यमन्त्री
  • हिक्मतकुमार कार्की
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

  • राष्ट्र बैंकको प्रतिवेदन: सम्पत्ति शुद्धीकरणका गतिविधिमा तीव्र वृद्धि

  • नेप्सेमा ४९ अंकको वृद्धि, सात अर्बभन्दा बढीको कारोबार

  • काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसंग माग्यो स्पष्टीकरण


  • समाचार
  • १

    नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त
    ४ घण्टा अघि

  • २

    राष्ट्र बैंकको प्रतिवेदन: सम्पत्ति शुद्धीकरणका गतिविधिमा तीव्र वृद्धि
    ५ घण्टा अघि

  • ३

    नेप्सेमा ४९ अंकको वृद्धि, सात अर्बभन्दा बढीको कारोबार
    ६ घण्टा अघि

  • ४

    काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसंग माग्यो स्पष्टीकरण
    ६ घण्टा अघि

  • ५

    कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ
    ६ घण्टा अघि

  • ६

    सरकार ढल्ने स्थितिमा, नेतृत्व कांग्रेसले लिनुपर्छ: वर्षमान पुन
    ७ घण्टा अघि

  • ७

    विश्व पौडेललाई नै नयाँ गभर्नर बनाउने सहमति भएको हो ?
    ७ घण्टा अघि

  • ८

    स्वास्थ्य उपचारमा सरकार अनुदार बनेको सांसद कुँवरको टिप्पणी
    ८ घण्टा अघि

  • ९

    गभर्नर सिफारिस समितिको बैठक बोलाईयो
    ८ घण्टा अघि

  • १०

    पोखरा आसपास भूकम्पको धक्का महसुस
    ८ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    १ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    बाइडनलाई प्रोस्टेट क्यान्सर

    subhayug
    २

    श्रद्धाले छाड्नि एकता कपुरको चलचित्र

    subhayug
    ३

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    ४

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution