वीरगञ्ज – गुणस्तरहीन घ्यू तयार गरी बजारमा विक्री गर्ने वीरगञ्जस्थीत् श्री गणपती उद्योगमा प्रहरीको छापा मारेको छ ।
वीरगञ्ज महानगरपालिका – १६ स्थित आफ्नै घरमा संचालित् श्री गणपती रिपैकिङ उद्योग र गणपति पूजा समाग्री रिपैकिङ उद्योगमा मिसावटयुक्त घ्यू तयार गरेर बेच्ने गरिएको जनगुनासो बढ्दै जाँदा प्रहरीले छापा मारेको थियो ।
छापा मार्ने क्रममा उद्योगबाट प्रहरीले २० किलो तौलमा प्याकिङ गरिएको डाल्डा घ्यू २ हजार २ सय ६० लिटर, प्याकिङ गरिएको घ्यू ६१३ लिटर समेत बरामद गरेको छ । संगै उद्योग संचालक सर्लाही विष्णु गाउँपालिका वडा नं ८ बत्रौल गाउँ बस्ने ४४ वर्षीय राजेश कुमार रायलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सञ्चालक राजेशलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले पुष्टि गरे ।
‘मिसावटयुक्त घ्यू बेच्ने गरेको सूचना आएको थियो । हामीले पनि डाल्डा घ्यू र अर्को घ्यू एकै ठाउँमा फेला पारेका छौं ।’ प्रहरी नायब उपरीक्षक गिरीले भने ‘ नमुना परीक्षणका लागि सम्बन्धित निकायमा पठाउन आवश्यक समन्वय गरिरहेका छौं ।’
नापतौल तथा गुणस्तर कार्यालय वीरगञ्ज तथा जिल्ला प्रशासन कार्यालय पर्सासँग समन्वय गरी थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar