विराटनगर – विराटनगर महानगरपालिका – ४ स्थित साथीको घरमा पाहुना आएका एक युवकको मृत्यु भएको छ ।
विराटनगर – १३ का २१ वर्षीय शौरव यादवको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । यादव आफ्ना साथी अनोज चौधरीको घर आएका थिए । अचानक बेहोस भएपछि उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले राति ८ बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ । यादवको मृत्युको कारण खुल्न बाँकी छ । उनी लागूऔषधका सेवनकर्ता रहेको दाबी प्रहरीको छ ।
लागूऔषधको मात्रा धेरै भएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar