बुटवल – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनअघि गठबन्धन टुटेको भएका कांग्रेस २० सीटमा खुम्चिने अवस्था रहेको बताएका छन् ।
शनिबार, बीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलको चौथो अधिवेशनको उद्घाटन गर्दै खाँणले यस्तो बताएका हुन् । ‘कांग्रेस गठबन्धमा नगएको भए प्रत्यक्षतर्फ २० सिट हाराहारी मात्र जित्न सक्ने सम्भावना थियो । तर, निर्वाचनसम्म गठबन्धनलाई बचाएर ल्याऔँ ।’ उनले भने ।
कांग्रेसले आफ्नो नितिगत अडानका साथमा अन्य दलसँग एकता गर्नै पर्ने समेत उनले उल्लेख गरे । एकता र सहकार्यको कुरा गर्दा आफू पनि सिकार भएको भन्दै चुनावमा पार्टी भित्रदेखी अन्तर्राष्ट्रिय शक्ति पनि आफूलाई हराउन सक्रिय भएको पनि दाबी गरे ।
उनले भने, ‘पार्टीभित्र कांग्रेसले आफ्ना नीतिगत अडानमा साथ अरु राजनीतिक दलहरुसँग सहमति, सहकार्य र एकता गर्नैपर्छ भन्ने पक्षमा म सदैव उभिरहने छु । यसका कारण मैले मूल्य चुकाउनपरेको छ ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar