काठमाडौं – गृहमन्त्री रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
शनिबार विहान ओलीलाई भेट्न लामिछाने बालकोट पुगेका हुन् । भेटमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल भएको लामिछानेका स्वकिय सचिव दिपक बोहराले जानकारी दिए ।
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको समर्थनमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेको छ । मन्त्रिपरिषद विस्तार र अन्य राजकीय पदहरुमा भागवण्डा बाँकी नै छ । सरकारलाई समर्थन गर्ने दलहरुले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति पनि गरिसकेका छन् ।
सरकार सञ्चालनका लागि सरकारलाई समर्थन गर्ने दलहरुको उच्चस्तरीय संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली रहेका छन् । सोहि सन्दर्भमा ओली र प्रमुख सत्तारुढ घटक रास्वपा सभापतिसमेत रहेका लामिछानेबीच भेटवार्ता भएको बोहोराले जनाए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar