जनकपुरधाम – धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास तत्माले पत्रकारहरुमाथी ज्यानमार्ने धम्की दिएका छन् ।
शुक्रबार, मधेश प्रदेश सांसदहरुको शपथ समारोहमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथी मेयर बेचनले तुच्छ बोली गर्दै ज्यान मार्ने धम्की दिएका हुन् । सांसदहरुको शपथ समारोहमा समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथी बेचनले प्रदेशसभा परिसरमै धम्की दिएको पत्रकार अनलाइनखबरकर्मी सैलेन्द्र महतोले बताए ।
अनलाइनखबरकर्मी महतोका अनुसार मेयर बेचनले तीन र चार महिनाअघि नगरपालिकामै पत्रकार मौसम झालाई छातीमा लात्तिले हिर्काई हाड भाँचेको भन्दै आफुसहित अन्य ५ र ६ जना पत्रकारको हालत पनि त्यस्तै बनाइदिने धम्की दिएका छन् । ‘तपाईंले समाचार लेखेर मेरो धेरै बदनाम गर्नुभयो । तपाईंको नाम त फस्टमै छ । आउनु होला नगरपालिकातिर लात्तीले हिर्काएर छातीको हाड भाँचिन भने मेरो नाम बेचन होइन । मैले भाँचिन भने महिला लगाएर वा अन्य कसैलाई लगाएर भाँच्छु । तपाईंलाई छाड्दिन,’ धम्की दिँदै उनले भने मेयर बेचनलाई उदृत गर्दै महतोले बताए ।
उनी त्यतिमै रोकियनन् ‘म अपराधकर्म र जेलनेल भोगेर नै यहाँसम्म आएको हुँ । एक दुईपटक अझै जेल जानु पर्छ भने जाउँला । तर तपाईंलाई छाड्दिन ।’ महतोले भने । धम्कीका बेला पत्रकार रोहित महतो, नगेन्द्र यादव र शैलेन्द्र यादवसमेत प्रत्यक्षदर्शी थिए ।
मेयर दास २०७४ मा माओवादी केन्द्रबाट जितेका थिए । नेकपा विघटन भएपछि उनी एमालेतिर लागेका छन् । दोस्रो पटक फेरि एमालेबाट मेयर जितेका छन् । एक किशोरीको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दाबाट उम्केका उनका भाइ लखन दास पनि यसपटक एमालेबाट धनुषा क्षेत्र नं. २(क)बाट प्रदेश सांसदमा जितेका छन् ।
डेढ वर्षअघि लखनले १० वटा बाख्रा वितरण गरेर नगरपालिकाबाट एकसय बाख्रा वितरण गरेको भुक्तानी लिएको, सूचना तुहाएको भन्दै तत्कालीन कृषि शाखा अधिकृत चन्देश्वर ठाकुरलाई मेयर स्वयमले कुटपिट गरेको, कार्यालय सहयोगीबाट कार्यालयमै मालिस गराएको, जनकपुरको एक सांस्कृतिक कार्यक्रममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा मेयर दासमाथि कुटपिट भएको, कार्यालयमा भएको अनियमितता जन्य जस्ता अनधिकृत घटनाको समाचार महतोले बाहिरा ल्याएका थिए ।
उक्त समाचारहरुकै कारण आफ्नो ठूलो बदनामी भएको भन्दै पत्रकार महतोलाई छातीको करंक भाँचिदिने धम्की दिएका हुन् । पत्रकार महतोले अपराधी पृष्ठभूमिका मेयरको धम्कीबाट आफू असुरक्षित भएको भन्दै सुरक्षाको प्रत्याभूतिसँगै कानूनी कारबाहीको माग गरेका छन् ।
घटनाको प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले घोर भत्र्सना गरेको छ । प्रेस सेन्टरका मधेश प्रदेश अध्यक्ष किरणकुमार कर्णले विज्ञप्ति जारी गर्दै पत्रकार महतोलाई ज्यान मार्ने धम्की दिने मेयर दासलाई कारबाहीको माग गरेका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar