काठमाडौं – प्रदर्शनीमार्गमा रहेको रत्न राज्यलक्ष्मी (आर.आर) क्याम्पसमा विद्यार्थीका दुई समूहबीच खुकुरी हानाहान भएको छ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार बुधबार बिहान भएको झडपमा केही विद्यार्थी घाइते भएका छन्। दुई विद्यार्थी समूहबीच भएको झडपमा घाइते भएका मोडेल अस्पतालमा उपचार भैरहेको छ। झडपमा सहभागी केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कलेजमा अघिल्लो दिन भएको विवादको विषयमा बुधबार खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ। घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar