काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति पत्र बोकेर नेताहरू शीतल निवास जाने तयारी गरेका छन् ।
सत्ता गठबन्धन भत्किएसँगै एमालेको अग्रसरतामा बहुमत जुटाएर प्रचण्ड प्रधानमन्त्री बन्ने एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा सहमति जुटेको हो । सहमति जुटेसंगै सहमति पत्र बोकेर नेताहरू शीतल निवास जाने तयारी गरेका छन् ।
बालकोटमा एमाले, माओवादी केन्द्र, जसपा, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच छलफल भएको थियो ।
बालकोटमा आज पुगेका पार्टीका सांसद संख्या जोड्ने हो भने १६२ सांसद पुग्ने देखिन्छ । जसमा एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, जसपाको १२ र जनमत पार्टीको ६ सिट रहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Reshma Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar