काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले बालकोटको तस्बिर सेयर गर्दै ‘नयाँ यात्राको सुरुवात’ भएको बताएको छ ।
नयाँ सरकार गठनबारे रस्साकस्सी चलिरहँदा ‘प्रचण्ड’ को सचिवालयले बालकोटको तस्बिर सेयर गर्दै ‘नयाँ यात्राको सुरुवात’ भएको बताएको हो । बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठकमा सरकार निर्माणमा सहमति नजुटेपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटार पुगेका थिए ।
बालकोटमा एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, राप्रपा र जनमत पार्टीसँग छलफल भएको छ । बैठक सकिएसँगै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठक सकारात्मक रुपमा अघि बढेको संकेत गरेका हुन् ।
नयाँ सरकारका लागि दाबी पेस गर्न आज साँझसम्मको समय रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar