काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने कि नहुने बारे निर्णय गर्न छलफलमा जुटेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागिताबारे निर्णय लिन आकस्मिक छलफल बोलाएका हुन् । बैठकमा काठमाडौंमा उपलब्ध पार्टीका महामन्त्रीदेखि माथिका पदाधिकारी सहभागी छन् ।
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले बालकोटमा नयाँ सरकार गठनका विषयमा छलफल गरेका छन् । राप्रपा अध्यक्ष लिङ्देनले भने बालकोट बैठकमा नबसी पार्टीको बैठक बोलाएका हुन् ।
आइतबार नै अध्यक्ष लिङ्देनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar