काठमाडौं – जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता अशोक राई बालकोट बैठकबाट निस्किएका छन् ।
ओली निवाश बालकोटमा जारी चार दलिय बैठकबाट राई हँसिलो मुद्रामा बाहिर निस्किएका हुन् । उनले पार्टीमा छलफल गर्ने भन्दै बाहिरिएका हुन् । पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘म छलफल गर्न हिँडेको । हाम्रो संसदीय दलको नेता पनि नछानिएकाले पार्टीमा छलफल गर्नुपर्छ ।’
राईले, बैठकमा सरकार निर्माणको विषयमा छलफल भएको र बालकोट बैठकमा सहभागी दलकै गठबन्धन बन्नेजस्तो देखिएको बताए ।
बालकोट बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar