काठमाडौं – नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीसहितका ४ दलले नयाँ गठबन्धन बनाउने तयारी गरेका छन् ।
सत्ता गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड बालकोट पुगेपछि नयाँ गठबन्धनको छलफल सुरु भएको हो । अहिले ओलीको निवास बालकोटमा संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीसहितका नेताहरु छलफलमा छन् ।
बैठकमा जसपा अध्यक्ष अशोक राई पनि छन् ।
उता एमालेबाट फुटेर गएको नेकपा एकिकृत समाजवादी पार्टी भने उक्त गठबन्धनमा सामेल नहुने भएको छ । एमालेसंगको गठबन्धनमा आफुहरु सहभागी नहुने पार्टीका एक नेताले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar