काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाहिरिएका छन् ।
सत्तारुढ दलहरुबीच नयाँ सरकार गठनका लागि बैठक चलिरहेका बेला प्रचण्ड बाहिरिएका हुन् । शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि प्रचण्ड बालुवाटारबाट बाहिरिएको बुझिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा दावी गर्दै आएको छ । बैठकमा कांग्रेसले पुनः दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड त्यहाँबाट बाहिरिएका हुन् । उता प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने बैठकमा कुनै पनि सहमति नभएको बताए । ‘छलफल जारी छ । तर सहमति भएको छैन’ उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar